ताजा समाचार

महेश बस्नेतविरुद्ध दिइएको उजुरीमा प्रमाण नपुगेको प्रहरीको राय

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले प्रमाण पुगेका समय मात्रै कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको बुझिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ स्रोतले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार प्रहरी परिसर काठमाडौँले उजुरीमाथि अनुसन्धान गरी तत्काललाई तामेलीमा राख्न सिफारिस गरेको छ।

काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत पूर्वमन्त्री बस्नेत विरुद्ध फौजदारी कसुरमा उजुरी परेको थियो। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो।

यसअघि जाहेरवालाले प्रहरीमा आफुहरुलाइ बद्नाम गर्न खोजेको भन्दै उजुरी दिएकी थिइन्। पछि आफू महेश बस्नेतकै कारणले पीडित भएको भन्दै आएको उजुरीमा तालमेल नमिलेको तथा उनले दाबी गरेका आधार तथ्यमा आधारित नभएको, प्रमाणहरू अपुग भएको, प्रमाणित नभएको देखाउँदै प्रहरीले तामेलीमा राख्न सिफारिस गरेको स्रोतको दाबी छ। साथै भ्रूण हत्याका सम्बन्धमा पूर्वमन्त्री बस्नेतले २०७२ सालमै परिवार नियोजन गरेको पाइएकाले पनि त्यसको दाबी नपुग्ने बुझिएको छ। पूर्वमन्त्री बस्नेतमाथि एक महिलाले १५ दिनको भ्रूण हत्या गराएको आरोप लगाउँदै उजुरी गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org