ताजा समाचार

बार्सिलोना कोपा डेल रे कप फुटबलको क्बाटरफाईनलमा प्रवेश

काठमाडौं  २८ पुस । बार्सिलोना कोपा डेल रे कप फुटबलको क्बाटरफाईनलमा प्रबेश गरेको छ । एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ गोल अन्तरले पराजित गर्दै बार्सा प्रतियोगीताको अन्तिम आठमा प्रबेश गरेको हो । पहिलो लेगमा २–१ ले पराजित भएपनि बार्साले घरेलु मैदान नाउ क्याम्पमा ३–१ को जित निकाल्यो । एथ्लेटिको बिल्बाओबिरुद्धको खेलमा गएराती बार्साका तीनै स्टार चम्किए ।  खेलको ३५ औ मिनेटमा लुईस स्वारेजको गोल मार्फत बार्साले अग्रता बनाएको थियो । बार्साका लागी १ सय २० औ खेल खेलेका स्वारेजले गरेको पछिल्लो गोल क्लबका लागी एक सयौ गोल हो । ब्रजिलियन स्टार नेयमारले पेनाल्टि मार्फत गोल गर्दै दोस्रो हाफको सुरुवातमै बार्साको अग्रता दोब्बर पारेका थिए । तर खेलको ५१ औ मिनेटमा साबोरिट टेक्सिडोरले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बार्साका लागी लियोनल मेसिले ७८ औ मिनेटमा गोल गरेपछि स्पेनी क्लब अन्तिम आठमा स्थान बनाउन सफल भयो ।   

लिभरपुल पराजित उता लिभरपुललाई पराजित गर्दै साउथहेप्टनले ईएफएल कपमा सेमिफाईनल प्रबेशको सम्भावना बलियो बनाएको छ । सेन्ट मेरिजमा गएराती भएको पहिलो लेगमा घरेलु टोली साउथहेप्टनले लिभरपुललाई १–० ले पराजित गर्यो । उसको जितमा खेलको २० औ मिनेटमा नाथन रेडमण्डले निर्णायक गोल गरे । दोस्रो  लेग एन्फिल्डमा आगामी जनबरी २५ मा हुनेछ ।  

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org