ताजा समाचार

राष्ट्रपति भवनलाई दुलही झै सिंगारियो,राष्ट्रपति भण्डारीले छोरी अन्माउँदै

काठमाडौं ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासबाटै छोरी अन्माउने भएकी छन् ।

राष्ट्रपतिपुत्री निशाकुसुम भण्डारीको विवाह अभिशेष यादवसँग हुँदैछ । उनी पूर्वराष्ट्रपति रामवरण यादवका नाती हुन् ।

बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेषले सात वर्षको प्रेम सम्वन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । अभिशेषकी आमा किरण यादव महोत्तरी-२ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसद हुन् । किरण गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् ।

एमाले जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन् ।

विवाहका लागि राष्ट्रपति भवनलाई दुलही झै सिंगारिएको छ । र, शीतलनिवासको कोशी हलमा वैवाहिक समारोह हुनेछ । जन्ती ५१ जना भन्दा बढी नहुने बताइएको छ ।

विहेभोजमा भने १५ सय पाहुना उपस्थित हुने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि विवाह समारोहमा सहभागी हुन निम्तो दिइएको छ । निम्तालुहरुलाई मध्यान्ह १२ बजेर ५ मिनेटमा डाकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org