ताजा समाचार

१० खेलाडीमा सीमित फ्रान्ससँग इंग्ल्याण्ड ३–२ गोल अन्तरले पराजित

काठमाडौं, ३१ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड फ्रान्ससँग पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इंग्ल्याण्डलाई ३–२ ले हराएको हो । फ्रान्स दोस्रो हाफको धेरै समय १० खेलाडीमा सीमित भएपनि इंग्ल्याडले त्यसको फाइदा लिन सकेन ।

खेलमा ९ नवौं मिनेटमा ह्यारी केनको गोलबाट इंग्ल्याडले अग्रता लियो । तर २२ औं मिनेटमा स्यामुएल उमटटी तथा ४३ औं मिनेटमा जिब्रिल सिदिबेले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो । ४७ औं मिनेटमा राफेल वाराने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रान्स १० खेलाडीमा सीमित भयो ।

४८ औं मिनेटमा केनले पेनाल्टी मार्फत गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए । तर ७८ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–२ को जित दिलाए । राति नै भएका अरु खेलमा कोलम्बियाले क्यामरुनलाई ४–०, रोमानियाले चिलीलार्य ३–२ तथा जाम्बियाले दक्षिण अफ्रिकालाई २–१ ले हरायो । नर्वे र स्वीडेनले १–१ तथा इन्डोनेसिया र पोर्टो रिकोले गोलरहित बराबरी खेलेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org