ताजा समाचार

एमाले–माओवादीबीच चुनावी तालमेलको औपचारिक घोषणा आज बेलुका ५ बजे

काठमाडौं, १७ असोज । नेकपा एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ । सहमतिको औपचारिक घोषणाका लागि आज ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनबाटै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । दुई पार्टीबीच सहमतिकाा लागि ७ बुँदे मस्यौदामा तयार पारिएको छ । बेलुका पाँच बजेसम्म केही थपघट हुक्ने श्रेष्ठले बताए ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको सहमतिले अन्तिम रुप दिएको हो । एमाले र माओवादीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा चुनावी तालमेल गर्ने सहमति भएको छ । जसमा प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउनेछन् ।

चुनाव चिन्हबारे सहमति टुंगिन बाँकी छ । एउटै चुनाव चिन्हमा चुनाव लड्ने भनेपनि कानुनी अड्चन देखिएको एक नेताले बताए । अब दुबै दल तालमेल अनुसार आआफ्नै चुनाव चिन्हमा चुनाव लड्ने सम्भावना रहेको उनले बताए ।

साथै चुनाव लगतै पार्टी एकता गर्ने सहमति भएको छ । यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा आजै हुनेछ । यो समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्षन बामदेव गौतम रहनेछन् भने माओवादी केन्द्रबाट प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहनेछन् ।

दुई दलबीच साझा विधान बनाउन मस्यौदा समिति बनाउने सहमति पनि जुटेको छ । एकतापछि पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति बनेको नेताहरुको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org