ताजा समाचार

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने प्रचण्डको निर्णय देउवाद्धारा खारेज

काठमाडौं, २७ कात्तिक । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिए । अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै मन्त्री थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको बताए ।

 

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्व रहेको सरकारका पालामा यो सम्झौता हुँदा कांग्रेस सरकारको प्रमुख घटक थियो । कांग्रेसको समेत संलग्नतामा रहेको क्याबिनेटले बूढीगण्डकी निर्माण जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो । तर, चिनियाँ कम्पनीले स्थलगत अध्ययनसमेत थालिसकेका बेलामा सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गरिदिएको छ ।

सरकारले संसदीय समितिको निर्देशन बमोजिम सम्झौता खारेज गरिएको जनाएको छ । बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org