ओलीले भावुक हुँदै भने, ‘अरूले दिएको किड्नी बोकेको ११ वर्ष भइसक्यो, मैले भ्रष्टाचार गर्नु छैन्’
झापा, ४ मंसिर । माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भए तापनि छोरा प्रकाश दाहालको निधनपछि उनी काठमाडौं फर्किए ।
ओलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने बताए । आफू बन्न नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको ओलीको भनाइ छ । ‘अरूले दिएको किड्नी बोकेर हिँडेको ११ वर्ष भइसक्यो, ग्यारेज लगेर पार्टपुर्जा फेरफार गरेको हो,’ उनले भने, ‘मैले भ्रष्टाचार, बेइमानी गर्नु छैन, देश बनाउनुछ ।’ आफ्नो पेट चारपटक चिरिसकेको भन्दै ओलीले हाल स्वास्थ्यमा कुनै समस्या नरहेको बताए ।
निर्वाचनपछि कम्युनिस्ट सरकार बनेरै छाड्ने ओलीले दाबी गरे । कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराइसकेको उनले बताए । ओलीले भने, ‘गठबन्धनका सबै उम्मेदवारलाई जिताइदिनुस्, उहाँहरू सबैको जिम्मा म लिन्छु ।’ ओलीले सुरेन्द्र कार्की एमालेको उम्मेदवार भएको बताए । क्षेत्र नम्बर १ मा कार्कीलाई मतदाताले जसरी पनि विजयी गराउने ओलीले विश्वास व्यक्त गरे ।
झापाका लागि ओलीका योजना
वाम गठबन्धनले जितेपछि झापामा हात्तीको प्रकोपको अन्त्य गर्ने ओलीले घोषणा गरे । सिँचाइका प्रबन्ध मिलाउनेदेखि किसानका हितमा विभिन्न काम गर्ने योजना उनले सुनाए । झापाका लागि कृषि नै प्रमुख पेसा भएको भन्दै ओलीले किसानका हितमा काम गर्ने बताए ।
‘यहाँका समस्या मैले राम्ररी बुझेको छु,’ उनले भने, ‘सडक ६ लेनको बनाउन अमेरिकासँग पाँच सय अर्बको सम्झौता गरिसकेको छु, पूर्व–पश्चिम रेल पनि यहीँबाट सुरु हुन्छ ।’ थप जमिन लिएर चन्द्रगढी विमानस्थल विस्तार गरिने ओलीले बताए । चारआली–केचना सडक चौडा पार्ने योजना सुनाएका ओलीले बाहुनडाँगीदेखि चुरे क्षेत्रबाटै धरान पुग्ने मार्ग बनाइने बताए ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...