ताजा समाचार

दोलखाको जामुनेमा नेविसंघद्धारा मतदान केन्द्र कब्जा गर्ने प्रयास, थप सुरक्षा फोर्स मगाइयो

दोलखा, १० मंसिर । दोलखाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्र कब्जा गर्ने प्रयास भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङ्गा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org