ताजा समाचार

अष्ट्रेलियामा साम्राज्ञी र झरनालाई रेड कार्पेट, पुगिन् हट अवतारमा

काठमाडौं, ११ मंसिर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला अष्ट्रेलियामा छिन् । स्वदेशमा राम्रै चलेको उनको पछिल्लो चलचित्र ‘ए मेरो हजुर २’ प्रिमियरका लागि उनी अष्ट्रेलिया पुगेकी हुन् ।

यतिबेला, चलचित्रभन्दा पनि अभिनेत्री साम्राज्ञीले रेड कार्पेट प्रिमियमा लगाएको पहिरनको राम्रै चर्चा भइरहेको छ । रातो पारदर्शी पहिरनमा रेड कार्पेटमा देखिएकी सामाग्री निकै हट देखिएकी छन् । उक्त कार्यक्रमको केही तस्बिर सामाजिक संजालबाट पनि बाहिर आएका छन् । तस्बिर हेर्ने धेरैले उनको यो रुपलाई ‘हट’ भनेर कमेन्ट गरेका छन् ।

साम्राज्ञी भुवन केसीको ‘ड्रिम’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । ए मेरो हजुर दुई उनको दोस्रो चलचित्र हो । उनको अर्को चलचित्र ‘तिमीसँग’ पनि प्रदर्शनको तयारीमा छ । अष्ट्रेलियाको यो प्रिमिएरमा साम्राज्ञीसँगै अभिनेत्री झरना पनि पुगेकी थिइन् । सो कार्यक्रममा झरनाको निर्देशककीय क्षमता दुवैको तारिफ भयो ।

झरनाकै पति सुनिलकुमार थापाद्वारा निर्मित चलचित्रमा साम्राज्ञीको अलवा सलिनमान बाँनिया, सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको समेत अभिनय रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org