ताजा समाचार

आफ्नै भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या

एजेन्सी, २८ मंसिर । भाउजुसँग जबर्जस्ती बिहे गराईदिएपछि भारतमा एक १५ बर्षका किशोरले आत्महत्या गरेका छन् । भारतको बिहार राज्यको गयामा विनोवा गाउँका १५ वर्षीय किशोर महादेव दासले आत्महत्या गरेका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् ।

मृतकका पिता चन्द्रेश्वर दासका अनुसार जेठो छोरा सन्तोषको मृत्युपछि विधुवा बुहारी रुवीदेवीको विवाह महादेवसँग गराइएको हो । सन्तोषको मृत्युपछि राहतस्वरुप पाएको ८० हजार रुपैयाँ बुहारी रुवीको माइतीपक्षले माग्दै आएका थिए । माइती पक्षले या त राहत रकम दिनुपर्ने या अर्को छोरासँग रुवीको बिहे गराइदिनुपर्ने भन्दै लगातार दबाब दिएपछि देवर–भाउजुको बिहे गराइदिने निधो गरिएको चन्द्रेश्वरले बताए ।

‘छोरा महादेवले भाउजुसँग बिहे गर्न मानेको थिएन,’ पिता चन्द्रेश्वरले भने, ‘तर परिवारले दबाब दिएपछि उसले बिहे गरेको थियो, बिहेकै रात आत्महत्या गरेछ ।’ प्रहरीले कानुनतः उमेर नपुगि विवाह गराइएको सम्बन्धमा कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org