ताजा समाचार

नेकपाको दल दर्ता प्रक्रिया रोकियो किन ? कारण यस्तो छ…

काठमाडौं १४, जेष्ठ । एमाले माआेवादीको एकता पश्चात बनेको नयाँ कम्युनिष्ट पार्टी  केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेका कारण निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन ।

पार्टी दर्ताका लागि जेठ ३ गते नै आवेदन दिएको भए पनि निर्वाचन आयोगले अहिलेसम्म दर्ता प्रमाणपत्र दिएको छैन ।

आज (सोमबार) नवगठित पार्टीका नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायतले आयोगमा पुगेर ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता प्रमाणपत्रको फोटोकपी तथा अन्य आवश्यक विवरण बुझाएका छन् ।

विवरण बुझाएपछि प्रतिक्रिया दिँदै नेता नेम्वाङले पार्टी दर्ताको प्रक्रिया निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेको बताए । यद्यपि, उनले आयोगमा निवेदन दिएको आधारमा नै सञ्चारमाध्यमले पार्टीको नाम लेख्नुपर्ने जिकिर गरे । आयोगमा नेपाल कम्युनिष्ट पार्टीको रुपमा दर्ताका लागि आवेदन परेको छ । नेपाल कम्युनिष्ट पार्टी आयोगमा दर्ता भइसकेकाले सोही नाममा अन्डरलाइन गरेर आयोगमा निवेदन दिइएको हो ।

पार्टीका अर्का नेता देव गुरुङले राजनीतिक दलसम्बन्धी ऐनमा ३३ प्रतिशत महिला प्रतिनिधत्वको व्यवस्था भए पनि व्यवहारमा लागू भईनसकेको जिकिर गरे । आयोगले खोजेमा महाधिवेशनपछि ३३ प्रतिशत महिला पुर्याउने उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org