ताजा समाचार

काँठे पुँजीवाद माैलायो: डा. भट्टराई, आखिर के हो त काँठे पुँजीवाद ?

काठमाडौं १४, जेष्ठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा अहिले पुँजीवादको असरको रुपमा काँठे पुँजीवाद मौलाएको बताएका छन् ।

नेपालमा काँठे पुँजीवादको रुपमा कमिसनखोरबाट कमिसन लिने र राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको भन्दै उनले राजनीतिक पार्टीहरु यसकै शिकार भएको बताए ।

नेपालको रानितिक व्यवस्थामा परवर्तन आएपनि सामाजिक, आर्थिक र सांस्कृतिक अवस्ता नफेरिएकाले यसलाई बदल्न हिजोको साम्यवाद र समाजवादले काम नदिने तर्क गरे ।  ‘हिजोको साम्यवादी र समाजवादी मोडल अब काम लाग्दैन, लोकतन्त्रमा आधारित समाजवादी ध्रुब अबको विकल्प हो ।’

‘उत्तर र दक्षिणबाट नेपालमा पुँजीवादी छाल प्रवेश गरेको छ, तर त्यो नेपालमा काँठे पुँजीवादको रुपमा परिणत भएको छ’ सोमबार काठमाडौंमा नयाँ शक्ति पार्टीको युवा संगठनले गरेको कार्यक्रममा उनले भने ‘राज्य सत्तामा हिजोका क्रान्तिकारी मान्छेहरु पुगेका छन् । तर उनीहरु आसेपासे पुँजीवाद अर्थात् कमिसन खोरबाट कमिसन लिने, आफ्नो मान्छेलाई राज्यका विभिन्न ठाउँमा राख्ने, राज्यसत्ताको दोहान गर्ने प्रवृत्ति देखिएको छ यो काँठे पुँजीवादको अभिव्यक्ति हो ।’

काँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्यका लागि हिजोको उदारवाद र समाजवादले काम नदिने उनले बताए । ‘काँठे पुँजीवाद विश्व पुँजीवादको अंग हो । यसको अन्त्यका लागि हिजोको उदारवादले काम दिन्छ न समाजवादले काम दिन्छ । यस्तोमा नयाँ विचार खोजी गर्नुपर्छ’ भट्टराईले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org