पाँच वर्षदेखि सडक कालोपत्र नसकिँदा यात्रु मारमा
काठमाडौँ, २२ असार । पाँचवर्ष अघि शुरु भएको चुच्चेपाटी–महाङ्कालचौर–तीनचुले–आरुबारी सडक कालोपत्र नसकिँदा सवारी र पैदल यात्रुको आवागमनका लागि असहज बनेको छ ।
पाँचवर्ष अघि गोल्डेन बुट÷कञ्चनजंघा÷पीएस जेभी कन्स्ट्रक्सनले कालोपत्र शुरु गरेको तीन किमी सडक पूरा हुननसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले सडक छेउमा बस्न नसकिने अवस्था रहेको स्थानीय व्यवसायी रवीन्द्र सुवेदीले गुनासो गरे ।
सडक डिभिजन कार्यालय मीनभवनका सूचना अधिकारी सुशीलराज भण्डारी चुच्चेपाटीबाट महाङ्कालचौरसम्मको सडक कालोपत्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने बताउछन् ।
“विसं २०७० ठेक्का भएको भए पनि मेलम्चीको मूल पाइप बिच्छ््याउन ढिलाइ हुँदा सडक कालोपत्र गर्न नसकिएको हो, पाइप नविच्छ््याइएको भए पहिल्यै कालोपत्र भइसक्थ्यो”–उनले भने ।
बीचमा डेढ किमी सडक कालोपत्र भए पनि महाङ्कालचौर प्रहरी बिटबाट चुच्चेपाटीसम्मको सडकको अवस्था दयनीय छ ।
काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेड महाङ्कालचौर शाखाको कार्यालय अघि वर्षाैंदेखि खाडल बनेर पानी जम्ने गरेको छ । यसले गर्दा सवारी आवागमनमा समस्या हुन्छ । सवारीले पैदल हिँड्ने यात्रुलाई हिलो छ्याप्छ ।
तीन चुलेको नागेश्वर चोकबाट आरुबारीसम्मको सडक पनि कालोपत्र हुन सकेको छैन । यो क्षेत्रमा सीमा विवादले कालोपत्र रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत स्थानीय तहका जनप्रतिनिधिको मध्यस्थतामा विवाद समाधान भएकाले यस क्षेत्रको ४०० मिटर सडक कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...