ताजा समाचार

अज्ञात समुहले राैतहटमा नगदसहित मोटरसाइकल लुटेर भागेपछि…

रौतहट २४, असार । लुटेरा समुहले राैतहटमा गोली प्रहार गरेर नगद र मोटरसाइकल लिएर फरार भएका छन् ।

बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् ।

अज्ञात समुहले उनीबाट लुटेर लगेको मोटरसाइकल भने  घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही-८ को एक पोखरीनजिक लगेर छाडेका थिए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली आउदै गरेका साह मोटरसाइकल, रकम र मोबाइलसहित गए राति ८ः३० बजे बकैयाको बाँधमा लुटिएको जानकारी दिए ।

लुटेराको निशानाबाट भने उनी जाेगिएका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका उनको अहिले गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरी आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org