ताजा समाचार

जनता बैंकले गर्यो प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता

काठमाडाैं २५, असार । जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबीच जीवन तथा निर्जीवन वीमा सम्बन्धि सम्झाैता भएको छ।

निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झाैतामा जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रसडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org