ताजा समाचार

नेप्से प्रमुखमा रमेश अर्याल नियुक्त, प्रमुख नियुक्त भएकै दिन दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २५ असार । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ ।

अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो ।

नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले आज आफ्नो पद बहाली गरेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराएका थिए ।

शपथ ग्रहणपछि प्रमुख अर्यालले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य एवं धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध मुलुकको आवश्यकताअनुसार पूँजी बजारको विकास, लगानीकर्ताको, स्टक एक्सचेञ्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरिएका कारण सरकारको निर्णयपछि हटेका हुन् । यही असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख कार्यकारी अधिकृत साउदको नियुक्ति समेत खारेज गरिदिएको हो ।

दोहोरो अंकले घट्यो शेयर बजार

शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो ।

आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार समूह ०.२५ र उत्पादन समूह ७.४३ बिन्दुले बढ्दा बैंकिङ १६.५२, होटल २४.४३, विकास बैंक १७.९६, जलविद्युत् २८.२८, फाइनान्स ३.४२, बीमा १३५.३, अन्य ४.७८ र माइक्रोफाइनान्स २२.१९ बिन्दुले घटेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org