ताजा समाचार

एन्फा, राष्ट्रिय फुटबल टोलीको लोगो र जर्सीको नयाँ डिजाइन गरिने, उत्कृष्टलाई ५० हजार नगद

काठमाण्डाै १२, साउन ।   अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल संघ र राष्ट्रिय फुटबल टोलीको फरक-फरक लोगो बनाउने भएको छ।

एन्फाले संघ र फुटबल टोलीको लागि नयाँ लोगोको डिजाइन तयार पार्न भनेको छ। साथै राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सीको डिजाइन गर्न समेत भनेको छ।

यस लोगो र जर्सी डिजाइनमा भाग लिन चाहनेले एन्फा र राष्ट्रिय टिमको लोगो तथा राष्ट्रि टिमको जर्सी डिजाइन गरेर पठाउनु पर्नेछ।

हाल नेपाली राष्ट्रिय टोलीले लगाउने जर्सीमा नेपालको झण्डा मात्र राखिएको छ। अब त्यसलाई एन्फा र राष्ट्रिय टिमको जर्सीमा छुट्टा छुट्टै लोगो बनाउने एन्फाले जनाएको छ।

 

हालको नेपाली टोलीको जर्सी र जर्सीमा नेपालको झण्डा, यो किट्स केल्मीले बनाएको हो।

लोगो र डिजाइन अगष्ट १० भित्रमा एन्फाको अफिसियल इमेल मा पठाउनुपर्नेछ।

उत्कृष्ट डिजान बनाउने एक जनाले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org