ताजा समाचार

तीन अंकले बढ्यो नेप्से

काठमाण्डाै १३,साउन ।    साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ३ दशमलव ६२ अंकले बढेको छ। कुल १५३ कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।

यस दिन बैंकिङ २.९, विकास बैंक ६.७, निर्जीवन बीमा कम्पनी ९.९ जीवन बीमा कम्पनी ५२.६ र अन्य समूह ६.३ अंकले बढे। होटल २०, जलविद्युत ३, फाइनान्स १, उत्पादन ६ र माइक्रोफाइनान्स समूह १ अंकले घटे।

कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ करोड २६ लाखको कारोबार हुँदा सोही कम्पनीका लगानीकर्ताले ५ प्रतिशत कमाए।

सोबाहेक अन्य कुनै कम्पनीको पनि कारोबार १ करोड पुग्न सकेन। नेसनल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै साढे ७ प्रतिशत नाफा कमाए। सिटी एक्स्प्रेस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९. ६ प्रतिशत गुमाए।

कम्पनीले १ बराबर १.६७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्नका लागि सोमबार बुक क्लोज गर्दैछ। हकप्रद नलिइकन बेच्नेतर्फ लगानीकर्ता अग्रसर हुँदा उसको मूल्य उच्च दरले घट्न पुग्यो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org