घट्यो शेयर बजार, कारोबारनै बन्द
काठमाडाैं ७,भदाै। बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन । आज शेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब चार अङ्क अर्थात् ३.९२ बिन्दुले घटेर एक हजार १७८.५० मा झरेको छ । यस्तै ‘क’ वर्गका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ ।
आज कूल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु २७ करोड ७३ लाख आठ हजारमा कारोवार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ । विकास बैंक ०.१८ र अन्य समूह ५.०७ बिन्दुले बढ्दा बैङ्किङ ३.५३, जलविद्युत् १४.६२, होटल २.३६, वित्त ०.०७, निर्जीवन बीमा २७.५५, उत्पादन ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बीमा ३८.६४ ले घटेको छ ।
एनआइबिएल समृद्धि फण्ड र लक्ष्मी भ्यालू फण्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका शेयर लगानीकर्ताले गुमाएका छन् ।
बोनस शेयर सूचीकृत
मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ । यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
यस्तै एनआइबिएल समृद्धि फण्ड एकले एकाइधनीलाई करसहित १२ प्रतिशतका दरले हुन आउने रु १२ करोड प्रतिफल वितरण गर्ने जानकारी स्टकलाई गराएको छ । प्रतिफलपश्चात् उक्त सामूहिक योजनाको खुद सम्पत्ति मूल्य प्रतिएकाइ १० रुपैयाँ नौ पैसा कायम रहनेछ ।
Comments
अरु समाचार
-
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १...
-
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४...
-
राजस्व अनुसन्धान विभागकाे टाेली भैरहवा र नेपालगन्जमा, स्थानीय उद्यमी–व्यवसायीहरूसँग अन्तरकिया सम्पन्न
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा,बुटवल,कपिलवस्तु,बाँके र वर्दिया लगायतका जिल्लाको राजस्व चुहावट,राजस्व अनुसन्धान कार्यालय बुटवल, कोहलपुरको अनुगमन...
-
आज राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा...
-
नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी
काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता...
-
राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका...
-
शेयर बजारमा दोहोरो अकंको गिरावट
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो...
-
आज बुधबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...