ताजा समाचार

बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउनु पर्छ: पुर्बमन्त्री कमला रोका

काठमाडाैं ८,भदाै ।  पूर्वखेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले बलात्कारीलाई फासीको सजाए हुनुपर्ने भन्दै संसदमा माग गरेकी छन् ।

शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री मगरले मृत्युदण्डको कानून बनाउनु पर्ने बताइन ।

कानूनहरु दण्ड दिनका लागि मात्र नभई समाजमा जानकारी गराउन पनि बनाइने भन्दै उनले भने ‘कानून कसैलाई दण्ड दिनमात्र होइन अरुलाई सिकाउनका लागि पनि हो । यस्ता घटना हुँदा यस्तो कारबाही हुन्छ भन्ने जानकारी समाजमा दिनुपर्ने हुन्छ ।’

समाजमा महिलालाई आमाको नजरले हेर्न सकेमा महिला हिंसाको घटना धेरै कम हुने भन्दै पूर्वमन्त्री मगरले महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि समस्या भएको बताए ।

कानुन निर्माणले मात्र समाजमा ब्याप्त समस्यालाई  न्युनिकरण नगर्ने,यसको कार्यन्वयनको पाटोमा महत्वपुर्ण  रहेको बताइन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org