ताजा समाचार

मंसीरदेखि काठमाडौंमा विद्युतीय बस

काठमाडौं  ९,भदाै । मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु भएको समाचार आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा छापिएको छ ।

बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ ।

प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेको थियो । अध्ययनपछि उनीहरूले सडकमा पानी जम्म हुने समस्या भने हटाउन सुझाव दिएका थिए ।

हाललाई चक्रपथ, भक्तपुर सूर्यविनायकदेखि कलंकी, तीनकुने, बानेश्वर, माइतीघरर रत्नपार्क रुटमा गाडी चलाउन यातायात व्यवस्था विभागसँग कुरा भइरहेको दुवालले बताए ।

हाल ठूलो र सानो गरी दुईवटा मात्र बस ल्याउन लागिएको छ। ४० सिट भएको तर उभिएरसमेत ९० जनाले यात्रा गर्नसक्नेछन्। सानोमा १५ सिट र ३५ जनासम्मको क्षमता हुनेछ

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org