ताजा समाचार

दासढुंगामा बस र ट्रक जुध्दा,२८ जना घाइते

काठमाडाैँ ९,भदाै ।   चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् ।

शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक ठोक्किएका थिए ।

घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालकलाई जुगेडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org