ताजा समाचार

छानविन समितिका सदस्यको राजीनामाप्रति गृहमन्त्रीको चासो

काठमाडाैँ २६,भदाै । निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा बादलले चासो व्यक्त गरेका छन् । यसले आफूलाई गम्भीर बनाएको भन्दै उनले भने, किन राजीनामा आयो भन्ने विषयमा हामी छानविन गर्छौं ।’

छानविन समितिका सदस्य वीरेन्द्र केसीले साेमबारराजीनामाकाे घाेषणा गरेका थिए। प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा वादलले मन्त्री हेरफेरको हल्ला निराधार भएको दाबीसमेत गरे । जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री हेरफेर नहुने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ, कुनै निराधार हल्लाको पछाडि लाग्नुको अर्थ छैन । सरकारमा कुनै फरबदल हुँदैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org