सिन्धुलिमा नेकपाका कमिटी एकीकरण, दुई नगरसहित ५ पूर्वएमाले र ४ पूर्वमाओवादीको नेतृत्व
काठमाडौं २६, असोज । केन्द्रबाट एकीकरणको मापदण्ड र मोडालिटी आउन ढिला भएपनि सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका छन् ।
३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण भएका हुन् । यद्यपि, नेकपाको जिल्ला कमिटीको एकीकरण भने भएको छैन ।
तत्कालीन एमालेका जिल्ला इन्चार्ज कमलजंग राई र अध्यक्ष प्रदीप कटुवाल तथा तत्कालीन माओवादीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार र संयोजक राजन दाहालले संयुक्त रुपमा परिपत्रमार्फत स्थानीय तहको एकीकरण टुंगो लगाएका हुन् ।
जिल्लाका ९ स्थानीय तहमध्ये दुबै नगरपालिका सहित ५ स्थानीय तहमा तत्कालीन एमालेले अध्यक्ष पाएको छ ।
तत्कालीन माओवादीले चार गाउँपालिकामा अध्यक्ष पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव पाएको छ भने पूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालेले सचिव पाएको छ ।
पूर्वएमालेले अध्यक्ष पाएकामध्ये दुधौली नगरपालिकामा लक्ष्मण कार्की, कमलामाई नगरपालिकामा चुडामणी श्रेष्ठ, तीनपाटन गाउँपालिकामा छत्रवहादुर दाहाल, फिक्कलमा रामप्रसाद भण्डारी र हरिहरपुरगढीमा मानवहादुर वाइबा छन् ।
त्यस्तै पूर्व माओवादीले अध्यक्ष पाएका गाउँपालिकामध्ये गोलन्जरमा केपी पोखरेल, सुनकोशीमा रामेनारज गिरी, घ्याङलेखमा शंकरराज घलान र मरिणमा गोपाल बुढाथोकी छन् ।
त्यस्तै पूर्वएमालेले सचिव पाएका गाउँपालिकामध्ये गोलन्जरमा रेगन थापा, सुनकोशीमा लालवहावदुर थापा, मरिणमा हरिकुमार स्याङतान र घ्याङलेखमा दिनेश लो छन् ।
पूर्वमाओवादीले सचिव पाएकामध्ये दुधौलीमा दीपक खड्का, कमलामाइमा केशरबहादुर कार्की, तीनपाटनमा आनन्द कार्की, फिक्कलमा मुरारी भण्डारी र हरिहरपुरगढीमा बाबुराम राई छन् ।
नेकपाको जिल्ला कमिटीले गाउँ र नगरप कमिटीमा समावेश गर्ने व्यक्तिको नाम शनिबारसम्म सिफारिस गर्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएको छ ।
नेकपाको जिल्ला कार्यालय तत्कालीन एमालेको जिल्ला कार्यालय आजाद स्मृति भवनमा सन्चालन हुनेसमेत जनाइएको छ ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...