जब मेस्सी चम्किए…
काठमाडौँ । पाँचचोटि बालून दोर जितेका लियोनेल मेस्सीलाई सन् २०१८ मा बालून दोरको पाँचौं स्थानमा राखिएको पटक्कै चित्त बुझेको रहेनछ ।
अझ त्यसमाथि ब्राजिलका महान् फूटबल खेलाडी पेलेले ‘मेस्सी जम्मा एउटा गोडाले बल हान्छन्’ र ‘उनीसँग जम्मा एउटा क्षमता’ छ भनी गरेको टिप्पणीले उनलाई चोट लागेको रहेछ ।
जे भए पनि बार्सिलोनाका यी १० नम्बरका खेलाडीले आफूभित्रको सारा क्रोध इस्पान्योलविरुद्धको खेलमा पोखे ।
मेस्सीले दुईवटा सुन्दर फ्रीकिकलाई गोलमा परिणत गरे अनि उस्मान डेम्बेलेका लागि गोलको अवसर जुटाए । त्यसबाहेक पनि उनले अद्भुत खेल देखाए र बार्सालाई कोर्नेलामा इस्पान्योलविरुद्ध ४–० को प्रभावशाली जीत दिलाए ।
मेस्सीले आफ्नो उद्देश्य १७औं मिनेटमा व्यक्त गर्दै घुमाएर हानेको फ्रीकिक गोलपोस्टको कुनाको मास्तिरबाट च्यापेर गोल भयो । इस्पान्योलका गोलकीपर डीएगो लोपेजले आत्तिएर गरेको डाइभले पनि गोल छेक्न सकेन ।
त्यसपछि उनले डेम्बेलेका लागि गोलको अवसर जुटाउन गरेको ड्रिबल हेर्दा मात्र पनि प्रशंसकको मन मुग्ध भयो ।
मेस्सीले इस्पान्योलका एक डिफेन्डरलाई बिजुली चम्केजस्तो तीव्र गतिमा गोडा चलाएर झुक्याए, अगाडि बढे, फनक्क घुमे अनि लडे, बल आफैंसँग राखिरहे, उठे अनि डेम्बेलेलाई पर्फेक्ट पास दिए । अरू खेलाडीले त्यस्तो पास दिनै सक्दैन थिए ।
मेस्सीको यो खेल फूटबल कलाको अनुपम नमूना थियो र डेम्बेलेले त्यसलाई गोलमा परिणत गरेर अमर तुल्याए ।
त्यसपछि पनि मेस्सीलाई फेरि अर्को जादू देखाउन धेरै समय लागेन । उनले सनसनीपूर्ण पास दिँदै इस्पान्योलको डिफेन्सलाई पूरै झुक्याएर सुआरेजकहाँ पुर्याए । सुआरेजले बल पोस्टमा ठोकाए ।
मेस्सीको त्यो पास यति पर्फेक्ट थियो र यसरी मज्जाले हानिएको थियो कि इस्पान्योलका सेन्टरब्याकहरू जिल्ल परेर हेरेको हेर्यै भए ।
मेस्सीले अर्को फ्रीकिक सेकेन्ड हाफमा हाने अनि गोलकीपर लोपेजलाई फेरि पनि ट्वाल्ल पारे । सन् २०१८ मा मेस्सीले खेलेका सबै प्रतियोगितामा सेटपीसबाट गरिएको यो दशौं गोल थियो ।
मेस्सीले स्वीकार त गर्दैनन् तर अघिल्लो हप्ता भएका घटनाक्रमले उनलाई इस्पान्योलविरुद्धको खेलमा थप प्रेरणा दिएकोमा शंका छैन । खेलका क्रममा उनले झुक्केर गलत पास दिएपनि मैदानको आफ्नै भागतिर ४० यार्ड पछाडि दौडेर बल खोस्न दौडिएको दृश्य प्रायः देख्न पाइन्न ।
शनिवार डियारियो स्पोर्टले इस्पान्योलको स्टेडियममा मेस्सीले आफ्नो स्तरको अविश्वसनीय प्रदर्शन अहिलेसम्म गर्न नसकेको र त्यहाँ उनले करीयरकै जम्मा दुई गोल गरेको भनी लेखेको थियो ।
तर शनिवार सनसनीपूर्ण खेल देखाएर उनले बार्साको डर्बी प्रतिद्वन्द्वीविरुद्ध अन्य खेलाडी भन्दा बढी गोल गर्ने क्रममा १९औं गोल गरे ।
फूटबलको मैदानबाहिर मेस्सी धेरै बोल्दैनन् । त्यसैले उनले बालून दोरको र्यांकिङका बारेमा टिप्पणी नगर्नु आश्चर्यको कुरा हैन । खेलमा मुखको साटो उनले गोडालाई बोल्न लगाए अनि पेलेले इंगित गरेको त्यही देब्रे गोडाले इस्पान्योललाई भारी पराजय दिलायो ।
अनि च्याम्पियन्स लीगको अन्तिम १६ मा समूहविजेताका रूपमा बार्सिलोना छनोट भइसकेपनि मंगलवार टोटनहमविरुद्धको खेलमा मेस्सीले हिजोको जस्तै अद्भुत प्रदर्शन गरेर संसारलाई आफ्नो महानताको सन्देश दिए भने कुनै आश्चर्य हुने छैन ।
मेस्सी अहिले बेस्सरी रिसाएका छन् र उनको बाटोमा आउने सबै अभागीले भारी मूल्य चुकाउनुपर्ने देखिन्छ ।
गोल डट्कममा प्रकाशित रिक शर्माको विश्लेषणको भावानुवाद
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











