विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल २० खेलमै यो उपलब्धि हासिल गरेका २७ वर्षीय एम्बापे विश्वकपमा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा २० गोलको आँकडा पूरा गरेका थिए। सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा एम्बापे अहिले मेसीभन्दा एक गोलले मात्र पछाडि रहेका छन्।
गोल्डेन बुटको प्रतिस्पर्धामा पनि एम्बापेले पुनः अग्रता बनाएका छन्। मेसी र एम्बापे दुवैले समान आठ–आठ गोल गरेका भए पनि बढी एसिस्टका आधारमा एम्बापे शीर्ष स्थानमा छन्।
यससँगै एम्बापेले अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा दर्ता गरेका छन्। उनी विश्वकपका दुई फरक संस्करणमा आठ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। अघिल्लो विश्वकपमा पनि आठ गोलसहित उनले गोल्डेन बुट जितेका थिए भने फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै विशेष कीर्तिमानसमेत कायम गरेका थिए।
एम्बापे दुई फरक विश्वकप संस्करणमा दोहोरो अङ्कमा गोल र एसिस्टको योगदान गर्ने पहिलो खेलाडी पनि बनेका छन्। अघिल्लो संस्करणमा आठ गोल र दुई एसिस्ट गरेका उनले यसपटक आठ गोलसँगै तीन एसिस्ट गरिसकेका छन्।
विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ गोल गर्ने कीर्तिमानसमेत अहिले एम्बापेकै नाममा छ। यस सूचीमा ब्राजिलका लियोनिडास र रोनाल्डो समान आठ–आठ गोलसहित दोस्रो स्थानमा रहेका छन्।
फ्रान्सका लागि विश्वकपमा सर्वाधिक २० खेल खेल्ने ह्युगो लोरिसको कीर्तिमान पनि एम्बापेले बराबरी गरेका छन्। सेमिफाइनलपछि उनी फ्रान्सका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन्।
एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले राष्ट्रिय टोलीका लागि १०४ खेलमा ६४ गोल गरिसकेका छन्। विश्वकप सुरु हुनुअघि उनी फ्रान्सका पूर्व स्ट्राइकर ओलिभर जिरुभन्दा पछाडि थिए।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












