विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हरायो ।
स्पेनका जितमा स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयर्जाबलले गोल गर्नुभयो । खेलको सुरुवातदेखि नै बल पोसेसन अब्बल राख्दै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले २२औँ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । प्राप्त पेनाल्टीलाई ओयर्जाबलले सजिलै सदुपयोग गर्नुभयो ।
डिबक्सभित्र स्पेनका लामिल यामललाई फ्रान्सका लुकास डिग्नेले फल हानेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि दोस्रो हाफमा थप लयमा देखिएको स्पेनले ५८औँ मिनेटमा दोस्रो गोल गरेको थियो । पेड्रोले डिबक्स भित्र डानी ओल्मोको पासमा विपक्षी तीन रक्षकलाई छल्दै उत्कृष्ट गोल गर्नुभयो । पेड्रो प्लेयर अफ दि म्याच हुनुभयो । स्पेनको दोस्रो गोेलपछि थप निराश देखिएको फ्रान्सको गोल फर्काउने सपना अन्तिमसम्म सफल बन्न सकेन ।
बल पोसेसनमा कमजोर देखिएको फ्रान्सले लगातार तेस्रो पटक फाइनल पुग्ने अवसर गुमायो । जितसँगै स्पेन १६ वर्षपछि फाइनलमा पुगेको हो । सन् २०१० को विजेता स्पेनले फाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
Comments
अरु समाचार
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...
-
बाढी प्रभावितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने इप्पानको निर्णय, उद्धार कोषमा कुन समूहले कति जम्मा गरे ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५...
-
प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति नगरौं : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ।...
-
रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा...
-
चितवनमा शव व्यवस्थापनबारे कोशहरी निरौलाको सुझाव : ‘हतार गरेर नगाडौं, लासको सम्मानपूर्वक सद्गत गराउन केही समय धैर्य गरौं’
काठमाडौं । भोटेकोशी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव हतारमा व्यवस्थापन गरिएको भन्दै नेपाल सरकारका वरिष्ठ अधिकारी कोशहरी निरौलाले यस...
-
इरानमाथि अमेरिकाको कडा आर्थिक दबाब, राष्ट्रिय हितमा सम्झौता नगर्ने अडानमा इरान
काठमाडौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले...
-
भोटेकोसीमा पानीको बहाब बढ्यो, महाशाखाले भन्यो-‘ठूलो बाढीको जोखिम छैन’
काठमाडौं। रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले नदी तटीय...
-
‘सरकार बाढी प्रभावितको साथमा, नतिजा नआएसम्म काम जारी’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी...
-
आईएमई ग्रुपद्वारा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड सहयोग
काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री...












