भारतविरुद्ध अष्ट्रेलियाको कप्तानी ७ वर्षे आर्चीले गर्ने

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट आगमी बुधबारदेखि मेलवर्नमा सुरू हुँदैछ। यसअघिका दुई खेलमध्ये पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको थियो।
यसैबीच अष्ट्रलेयाले भारतविरूद्धको तेस्रो टेस्टका लागि आफ्नो १४ सदस्यीय घोषणा गरेको छ।
जसमा ७ वर्षिय आर्ची शिलरलाई टोलीमा राखिएको छ। कप्तान टिम पेनले घोषित टोलीमा रहेका आर्चीलाई सह-कप्तान बनाइएको छ।
पछिल्लो केहि दिन आर्चीले अस्ट्रेलिया क्रिकेट टिमसँग अभ्यास गरिरहेका छन्। आर्चीले गरेको अभ्यासको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अन्तर्राष्ट्रिय समाचार अनुसार गत डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो।
उक्त शल्यक्रियामा चिकित्सकले जे पनि हुनसक्ने बताए पछि आर्चीका बुबाले उनलाई आफ्नो इच्छाबारे सोधेका थिए। त्यतिखेर उनले अष्ट्रेलियन टोलीको कप्तानी गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आउट गर्ने आफ्नो इच्छा रहेको बताए।
आर्चीको उक्त प्रतिक्रियापछि अष्ट्रेलियन क्रिकेट बोर्डले सात वर्षे बालकलाई उनको चाहना पुरा गर्न मौका दिएको हो। अस्ट्रेलियाली कप्तान टिम पेनले शनिबार आर्चीको सातौं जन्मदिनमा यस्तो घोषणा गरेका हुन्।
विराट कोहली र टिम पेनले आर्चीसँगै फोटो खिचाएका छन्। आर्ची अस्ट्रेलियाई स्पिनर नाथन लायनका ठूलो फ्यान पनि हुन्।
आर्ची तीन महिनाको हुँदा उनलाई मुटुरोग लागेको थियो। त्यतिखेर मेलबर्नमा डाक्टरहरूले सात घन्टा लगाएर उनको पहिलो सर्जरी गरेका थिए। ६ महिना पछि फेरि उनको मुटुको भल्ब फेर्नुपर्यो। त्यसपछि पुनः उनलाई मुटुको समस्या बल्झियो । चिकित्सकका अनुसार अब उनको मुटुको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको छ। यसमा जे पनि हुन सक्ने बताएका छन्।
तर सन् १०१८ को क्रिसमसले आर्चीका लागि खुसी लिएर आउनेछ।
अस्ट्रेलियाली कप्तान टिम पेनले आर्चीले हाम्रो टिमको नेतृत्व गर्नु हाम्रा लागि प्रेरणादायी कुरा भएको बताएका छन्।
‘हामीलाई थाहा छ, आर्ची र उनका परिवार ठूलो समस्यामा छन्। आर्चीलाई यो अवसरले केही राहत दिनेछ,’ उनले भने।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












