लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ
काठमाडौँ । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भन्नुभयो, “उपाधि लगभग सुरक्षित गरिसकेका छौँ । तर हाम्रो लक्ष्य अब उपाधि मात्र होइन, लिगमा बाँकी रहेको तीन खेल जितेर नयाँ कीर्तिमान बनाउने हो । अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन् । हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ ।” “हामीले थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस जस्ता ठूला क्लबलाई पराजित गरिसकेका छौँ, त्यसैले बाँकी खेल पनि जित्नेछौँ”–उहाँले भन्नुभयो ।
“म मेरा खेलाडीलाई विश्वास गर्छु, खेलाडीहरुले मनबाट खेलिरहेका छन्” प्रशिक्षक श्रेष्ठले भन्नुभयो, “खेलाडीकै कारण यहाँसम्म आएका छौँ । कीर्तिमान बनाउने चाहना छ, खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन् ।”
मनाङले अब ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाबाहेक दुवै कलब तुलनात्मकरुपमा कमजोर टोली हुन् ।
लिगको इतिहासमा बिनापराजित लिग जितेको इतिहास भए पनि लगातार १० वटा खेल जितेको रेकर्ड अहिलेसम्म नभएको फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुले बताउनुभयो । “नेपालमा लिग फुटबल शुरु भएको भएको करिब ६४ वर्ष पुग्न लाग्यो । तर यसबीचमा लगातार १० वटा खेल जित्ने क्लब भने अहिलेसम्म कुनै भेटिएको छैन”– लिग निर्देशक सञ्जीव मिश्रले भन्नुभयो ।
मिश्रले नेपाली फुटबल लिगको इतिहासमा अहिलेसम्म लागातार १० वटा जित कुनै क्लबले जितेको आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुयभो, ‘‘फुटबलको क्षेत्रमा लागेको ३०÷३५ वर्ष भयो, तर यसरी लगातार १० वटा जित कुनै पनि क्लबले जितेको मलाई थाहा छैन ।”
‘रेलिगेशन र ननरेलिगेशन लिगको तुलना हुँदैन’ पूर्व अध्यक्ष थापा
यसैबीच राष्ट्रिय खेलाडी हुँदै २० वर्ष अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व गर्नुभएको गणेश थापाले ‘बिनारेलिगेन र रेलिगेशसनलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताउनुभयो ।
रासससँग कुरा गर्दै पूर्व अध्यक्ष थापाले करिब चार वर्षपछि लिग भएको रेलिगेशन नहुने लिग भएपछि धेरै क्लबहरुले खेलाडीमाथि पर्याप्त लागनी नगरेकाले लिगको रौनकता घटेको प्रक्रिया दिनुभयो ।
मनाङले १० वटा खेल लगातार जित्नु सकारात्मक कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “रेलिगेशनको लिग भएको भए सबै क्लबहरुले अलि बढी लगानी गर्र्थेे, राम्रा खेडालीबीच प्रतिष्पर्धा हुन्थ्यो, त्यो भएको छैन ।”बिना रेलिगेनशनको लिग हुँदा दर्शकको उपस्थित समेत न्युन भएको र लिगप्रति दर्शकको चासो कम भएको थापाको भनाइ छ ।
कति पय क्लबहरुले खेल्नैका लागि मात्र टोली बनाएकाले पनि मनाङले यो सफलता प्राप्त गरेको उहाँको भनाइ छ ।
पूर्व अध्यक्ष थापाले पुरस्कार राशिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । “मेरो पालामा सात करोडको बजेट हुँदा लिग विजेतालाई रु ७५ लाख दिएका थियौँ, अहिले रु ४० करोडको बजेट हुँदा लिग विजेताले रु ५० लाख मात्र पाउँदै छ ।”
लिगको तीन खेल बाँकी रहँदा मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको सङ्कटा फुटबल क्लबभन्दा पाँच अङ्कले अघि छ ।
तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरले काठमाडौं उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराउनुभयो । २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ । रासस
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












