नेमार बार्सिलोना फर्केलान् त ? के भन्छन् मेस्सी
एजेन्सी । बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले आफ्ना पूर्व सहकर्मी नेमार बार्सिलोना फर्किएको हेर्न आफु आतुर रहेको बताएका छन् । अहिले क्रिसमस बिदामा रहेका मेस्सीले स्पेनिस पत्रिका ‘मार्सा’ सँग कुरा गर्दै नेमारको बार्सिलोना फर्किने सम्भावनाबारे खुलासा गरेका हुन् ।
दुईबर्षअघि किर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध भएका नेमार पहिला मेस्सीको छायाँमा परेर बार्सिलोना छाडेको हल्ला थियो । अहिले नेमार पीएसजीमा खुशी नरहेको र बार्सिलोना फर्कन एजेन्ट मार्फत सल्लाह गरिरहेको खबर बाहिरिएका छन् ।
मेस्सीले पनि नेमारको बार्सिलोना फिर्ती सम्भव भएको बताएका छन् । ‘नेमार बार्सिलोना फर्कन सक्नेछन् । त्यो प्रक्रिया भने निकै कठिन छ,’ मेस्सीले भने । नेमारलाई फर्काउने विषयमा बार्सिलोनाका मिडफिल्डर आर्थर मेलोले पनि हालै खुलासा गरेका थिए । आर्थरले त नेमारलाई फर्काउन आफुले प्रार्थना गरेको समेत बताएका थिए ।
मेस्सीले नेमार बार्सिलोना आउन् भनेर सबैले चाहेको पनि बताए । ‘उनी फर्किउन् भन्ने त हामी सबै चाहन्छौं । यहाँको ड्रेसिङ रुम र लकरले पनि नेमारलाई सम्झिरहेको छ जस्तो लाग्छ,’ मेस्सीले भने । मेस्सीले नेमार र आफु मिल्ने साथी भएको र महत्वपूर्ण क्षण सँगै बिताएको पनि बताए । नेमार बार्सिलोना आउन सक्ने भएपनि पेरिसले उनलाई सजिलै छाड्नेमा मेस्सीलाई विश्वास छैन ।
मेस्सीले नेमार मात्र होइन आफु फेरी बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग पनि काम गर्न इच्छुक भएको बताए । ‘पेपलाई फर्किन कठिन हुन सक्छ । तर, मलाई उनीसँग काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ,’ मेस्सीले थपे ।
मेस्सीले खेलसँगै आफ्ना लागि परिवार सबैभन्दा महत्वपूर्ण भएकोले परिवारसँग खुशी साटिरहेको बताएका छन् । तीन छोराका बाबु मेस्सीले अझै आफु अर्को सन्तानको प्रतिक्षा रहेको खुलासा पनि गरेका छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












