प्रिमियर लिग : लिभरपुल र चेल्सी विजयी, आर्सनल वेष्टहमसँग सतब्ध
एजेन्सी । शीर्ष स्थानको लिभरपुलले ब्राइटनलाई पराजित प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ७ अंकको अग्रता बनाएको छ।
शनिवार भएको खेलमा मोहमद सलाहको एक मात्र गोल मद्दतमा लिभरपुलले ब्राइटनलाई १-० ले पराजित गरेको हो। सलाहले ५०औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
जितपछि लिभरपुलको २२ खेलबाट ५७ अंक छ भने एक खेल कम खेलेको सिटीको ५० अंक छ।
नयाँ वर्षको सुरुवातमै म्यानचेष्टर सिटीसँग पराजित भएपछि लिभरपुलको यस सिजन लिगमा २० खेलको अपराजित यात्रा टुङ्गिएको थियो भने अग्रता फारकिलो बनाउन बाट बन्चित भएको थियो।
यस्तै लण्डन क्लब चेल्सीले न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गर्दै सिटी र तेस्रो स्थानको टोटनहमसँग अंकदुरी कम गरेको छ।
घरेलु मैदान चेल्सीलाई जिताउन पेड्रो र विलियनले एक-एक गोल गरे। न्यूकासलका लागि सिएरा क्लार्कले एक गोल फर्काए।
जितपछि २२ खेलबाट ४७ अंक जोडेको चेल्सी चौथो स्थानमा छ र तेस्रो स्थानको टोटनहमभन्दा १ अंकले मात्र पछि छ। एक खेलम खेलेको टोटनहमको ४८ अंक छ।
उता अर्को लण्डन क्लबल आर्सनल भने वेष्टहमसँग १-० ले पराजित भएको छ। वेष्टहमलाई जित दिलाउन १९ वर्षीय डेक्लान राइसले ४८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
उक्त हारपछि आर्सनलले छैटौँ स्थानको म्यानचेष्टर युनाइटेडसँग अंकदूरी बढाउने मौका गुमाएको छ। यस हारपछि २२ खेलबाट ४१ अंकसहित आर्सनल पाँचौ स्थानमा यथावत छ।
एक खेल कम खेलेको युनाइटेडको ३८ अंक छ। युनाइटेडले आज टोटनहमसँग खेल्दैछ। उक्त खेलमा विजयी भए आर्सनलसँग अंक बराबरी गर्नेछ। यदी विजयी भएमा भने एक दिनको लागि भएपनि म्यानचेष्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ।
यस्तै क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दै ३२ अंक जोडेको वाटफोर्ड सातौँ स्थानमा उक्लेको छ। लेस्टर सिटी भने साउथह्याम्पटनसँग २-१ ले पराजित भयो।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












