वल्र्ड गोल्ड काउन्सिल भन्छः सुनको मागमा चार प्रतिशत वृद्धि
चीन । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।
केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो ।
सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको डब्लुजीसीले रिपोर्टमा उल्लेख गरेको छ ।
हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला बर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ । यो आर्थिक बर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदविक्री भएको प्रतिवेदनमा उल्लेख छ ।
गत बर्षमा गहनाका लागि दुई हजार २०० टन सुनको माग रहेको थियो यो अघिल्लो बर्षको तुलनामा सामान्य वृद्धि हो । सुनको सिक्का र बारहरूको लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत बर्ष जम्मा एक हजार ९० टन पुगेको छ ।
सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ ।
गत बर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो बर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो । स्मार्ट फोनको विक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लुजीसीले उल्लेख गरेको छ ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












