सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजना सरकारले अघि सारेको बताएका छन्। कर्णालीका विमानस्थलहरूको अवस्था बुझ्न र पर्यटन सम्भावना पहिल्याउन जुम्ला पुगेका मन्त्री पौडेलले जीवनमा एकपटक पुर्ख्यौली थलोमा टेक्नैपर्छ भन्ने अवधारणासहित पर्यटन प्रवर्द्धन गरिने बताए।
यस अभियानमार्फत स्वदेशसहित भारत र भुटानलगायतका देशमा रहेका नेपालीहरूलाई पुर्खाको उद्गम थलोमा आकर्षित गर्ने सरकारको लक्ष्य छ। योजनाअन्तर्गत खस सभ्यतासँग जोडिएका विभिन्न थर र वंशको इतिहास समेट्ने संग्रहालय निर्माण तथा सबै समुदायलाई जोड्ने साझा मन्दिर बनाउने अवधारणा अघि सारिएको छ।
‘हामी सबैको पुर्ख्यौली थलो यही हो, पुर्खाको इतिहास र सभ्यतालाई पर्यटनसँग जोडेर जुम्लाको आर्थिक विकास गर्नुपर्छ,‘ उनल जानकारी दिए। सम्पदा संरक्षण तथा पर्यटन पूर्वाधारका लागि बजेट अभाव हुन नदिन आफूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कम्तीमा दुई अर्ब रुपैयाँ विनियोजन गर्न माग गरेको मन्त्री पौडेलले जानकारी दिए। सरकारको ‘देवभूमि नेपाल’ अभियानअन्तर्गत कर्णाली र सुदूरपश्चिमका ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ।
पर्यटन विकासका लागि हवाई पूर्वाधार अपरिहार्य रहेको उल्लेख गर्दै उनले दाङको टरीगाउँ, जुम्ला हुँदै मुगु विमानस्थलको स्थलगत अनुगमन गर्ने बताए। नेपालका ५६ विमानस्थलमध्ये हाल २२ वटा मात्र सञ्चालनमा रहेको जनाउँदै उनले बाँकी विमानस्थल स्थानीय तहलाई हस्तान्तरण गर्न कानुनी तथा नीतिगत सुधार भइरहेको बताए। मन्त्री पौडेलले विगतमा आफू जोगीको भेषमा जुम्ला पुगेको र त्यसबारे पुस्तकमा समेत लेखेको स्मरण गर्दै अहिले जुम्लाको विकास र परिवेशमा निकै परिवर्तन आएको अनुभव सुनाए। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले पर्यटन तथा हवाई पूर्वाधार सुधारको माग गर्दै मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
पार्टीका जिल्ला सभापति मकरबहादुर भण्डारीले जुम्ला विमानस्थलमा इन्धन भण्डारण, धावनमार्ग विस्तार, नेपाल एयरलाइन्सको नियमित उडान र सिँजा सभ्यताको प्रवर्द्धन गर्न माग गरे। स्थानीयवासीले कनकासुन्दरीको उत्खनन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), चन्दननाथ मन्दिर, तातोपानी, रुपीछडा र गिडीदहको विकास माग गरेका छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सुरेन्द्र कुशवाहका अनुसार हाल नेपाल एयरलाइन्स, सीता, तारा र समिट एयरले साताका विभिन्न दिन उडान भरिरहेको र चाँडै नयाँ उडान तालिका लागू हुने क्रममा छ।
Comments
अरु समाचार
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए आईसीसी अन्तर्गतको ‘पीएनओ’ संयोजक कुमार कार्कीद्वारा एक लाख रुपियाँ सहयोग
काठमाडौँ । भोटेकोशीका बाढीपीडितहरूका लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गतको (पीपुल अफ नेपाली अरिजिन) PNO का...












