रुविनाको ह्याट्रिकमा कुवेत विरुद्ध नेपालको जित, क्वालिफायरको सम्भावना न्युन
थाइल्याण्डमा जारी आइसीसी महिला वर्ल्ड कप क्वालिफायर एसिया क्षेत्रको छनोट अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाइ ३० रनले पराजित गरेको छ । कप्तान रुविना क्षेत्रीको ह्याट्रिक मद्दतमा नेपालले कुबेतलाई हराएको हो ।
रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिइन्। रुविनाले नेपालको जितमा अलराउण्ड प्रदर्शन गरिन्। आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी रुविनाले ३ विकेट लिएकी हुन्।
बैँककस्थित एआइटिजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।
नेपालको लागि बिन्दु रावलले ४९ बल खेल्दै १ चौकाको मद्दतमा नटआउट २८ रन बनाइन्। यस्तै कप्तान रुविना क्षेत्रीले २२, नेरी थापाले १९ र काजल श्रेष्ठले १८ रन जोडे।
४६ रन हुँदा ५ विकेट गुमाएको नेपालको इनिङ्स बिन्दु र नेरीले उकासेका थिए। यी दुईले छैटौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। यस्तै विन्दु र रुविनाले सातौँ विकेटका लागि ३३ रनको साझेदारी गरे।
रुविनाले १३ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाइन्। कुवेतका लागि कप्तान मर्याम ओमार र प्रियदा मुरलीले २-२ विकेट लिइन्।
कुवेतका लागि कप्तान ओमारले सर्वाधिक २९ रन बनाइ। छैटौँ ओभरमा पहिलो विकेटको रुपमा सब्रिन जाकीलाई १२ रन गुमाए पनि ओमा र र मुरलीले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासेका थिए।
तर करुणा भण्डारीले १४औँ ओभरमा २ विकेट लिनुका साथै एक रनआउट समेत गराएपछि नेपालले कुवेतमाथि दवाव बनाएको थियो। कुवेतका ओमरले २९, मुरलीले १४ र जाकीले १२ रन बनाइन्। मरियमा हैदरले नटआउट १२ रन बनाइन्।
कप्तान रुविनाले इनिङ्सको अन्तिम ३ बलमा कुवेतका खादिजा खलिल, मदिहा जुवेरी र जिफा जिलानीलाई लगातार आउट गर्दै ह्याट्रिक पुरा गरिन्।
७ राष्ट्र सम्मिलित प्रतियोगिता नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ। एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ। तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ। र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ।
दोस्रो खेलमै थाइल्याण्डसँग पराजित भएको नेपाललाई बाँकी टिमहरुले पनि चुनौती दिएको थियो।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












