पर्यटनमन्त्रीको निधनपछि देशै शोकमग्न, हेटौँडामा पनि श्रद्धाञ्जलिसभा
हेटौँडा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा मकवानपुरका पुराना कम्युनिष्ट नेता मोहन बज्राचार्य (गुरुजु)को निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले आज श्रद्धाञ्जलिसभा गरेको छ ।
श्रद्धाञ्जलिसभामा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले अग्रज नेता बज्राचार्य र नेकपाको केन्द्रीय सदस्य अधिकारीको निधनले अपुरणीय क्षति पुगेको बताए । राष्ट्र र जनताले आशा गरेको अध्ययनशील, योजनाकार तथा सक्रिय नेता अधिकारीलाई गुमाउँदा दुःख लागेको भन्दै केन्द्रीय सदस्य न्यौपानेले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने धारणा राखे ।
लामो समयदेखि मकवानपुरको वामपन्थी आन्दोलनमा लागेका अग्रज नेता बज्राचार्यको नजिक रहेर काम गर्नुभएका वरिष्ठ पत्रकार कौशल पाण्डेले वामपन्थीलाई बन्देज लगाएको अवस्थामा पनि बज्राचार्यले माक्र्सवादी अध्ययन केन्द्र खोलेर काम गर्नुभएको स्मरण गरे । उनले अधिकारी जस्तो आँटिलो र इमान्दार नेता राष्ट्रले गुमाउनुपर्दा ठूलो क्षति भएको बताए । विसं १९७९ मा जन्मिनुभएका बज्राचार्यको यही फागुन ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












