विप्लवमाथिको प्रतिबन्ध समर्थन गर्दै गगनले दिए बादललाई यस्तो दनक !
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले विप्लवलाई सरकारले लगाएको प्रतिबन्धलाई समर्थन गर्दै गृहमन्त्री रामबहादुर थापालाई समेत प्रहार गरेका छन् ।
गगनले एक ट्विट गर्दै लेखेका छन, व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारीता नभई कायरता हो । उनले यति मै नरोकिएर गृहमन्त्री बादललाई समेत दश वर्षे जनयुद्धको क्रममा गरेको काम कायरतापूर्ण कृत्य भएको कुरा थाहा भयो कि नाई भन्दै प्रश्न समेत गरेका छन् ।
विप्लवलाई वार्ताको ढोका बन्द नगरेर आतंकका विरुद्ध सरकारले गर्ने काममा आफनो समर्थन रहने कुरा समेत उनले जिकिर गरेका छन् । भने उनले विप्लवलाई आतंक मच्चाउने समूहका रुपमा अर्थ्याएका छन् ।
हेर्नुहोस् उनको ट्विटः
व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता हो । वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन छ। हिजो क्रान्तिका नाममा ‘बादल’ले जे गरे त्यो पनि कायरतापूर्ण कृत्य नै रहेछ भन्ने रामबहादुर थापाले अब त स्वीकार्नु होला कि ?
— Gagan Thapa (@thapagk) March 14, 2019
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











