एक वर्ष भित्रै नेपालमा गाडी उत्पादन, ४० प्रतिशतसम्म सस्तो पर्ने
काठमाडाैं । अबको एक वर्ष्भित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो ।
यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’
मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट लगाउन अध्ययन
कम्पनीले आद्योगिक मोतीपुर औद्योगिक क्षेत्रभित्रै प्लान्ट स्थापना गर्न अध्ययन गरिरहेको सिइओ अधिकारीले बताए । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिचान गरेको औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न कम्पनीले अध्ययन गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै प्रस्तावमा लगानी बोर्डले सो औद्योगिक क्षेत्र विकासलाई पनि परियोजनाकै सूचीमा राखेको छ,’ उनले भने । कम्पनीले गाडी उत्पादनका लागि ‘ट्याक्स फ्रि’ तथा ‘ट्याक्स होलिडे’ जस्ता सुविधाको व्यवस्था गर्न माग गरिरहेको छ । ‘कम्पनीलाई के–कस्ता छुट तथा सुविधा दिन सकिन्छ भन्नेबारे बोर्ड छलफलकै क्रममा छ,’ उनले भने ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












