मर्जपछि ज्योतिकै नामबाट कारोबार हुनेगरि हाम्रो विकास बैंकको कारोबार खुला
काठमाडौं । ज्योति विकास बैंकसँग गाभिने सम्झौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको हाम्रो विकास बैंकको कारोबार खुला भएको छ।
मर्जरको प्रक्रिया सकिएर गत चैत्र १५ गतेदेखि एकीकृत कारोबार सुरु भएसँगै दोस्रो बजारमा पनि कारोबार खुला भएको हो।
साविक हाम्रो विकास बैंकका शेयरधनीहरुले ज्योति विकास बैंकको कोडबाट शेयर कारोबार गर्न सक्ने नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
हाम्रो विकास बैंकको ५० लाख ४० हजार ५३४ कित्ता शेयर ज्योति विकास बैंकको नामबाट कारोबार हुने भएको हो।
ज्योति विकास बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ। स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज भएसँगै बैंकको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ।
हाम्रो विकास बैंकको कारोबार रोक्का हुँदा दोस्रो बजारमा १३३ रुपैयाँमा कारोबार भएको थियो। बुधबार ज्योति विकास बैंकको बजार मूल्य १४१ रुपैयाँमा रहेको छ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












