कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द
काठमाडाैं । लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् ।
पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुप¥यो ।
विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले दुखेसो पोखे। चौलागाईंले सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प भएको मात्र नभई करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन हुनुपरेको पीडा सुनाए ।
व्यापारी लक्ष्मण दुलालले भने, “यो साङ्केतिक विरोध कार्यक्रम मात्र हो, भोलिका दिनमा थप कडा आन्दोलनसहित हामी प्रस्तुत हुनेछौँ”, उनले भने, “सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको छ, हाम्रो एक सूत्रीय मागको तत्काल सुनुवाइ हुनुपर्छ ।”
लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब रु ८० लाख खर्चिएको दाबी गरेको छ ।
सडकको कालोपत्र गर्नका लागि नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो । बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो ।
सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।
कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












