रसुवामा विप्लवलाई धक्का, जनसरकार प्रमुखसहित किसान विद्यार्थी संयोजकलले गरे पार्टी परित्याग
रसुवा । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका रसुवा जिल्ला जनसरकार प्रमुखसहित अन्य मुख्य नेतृत्वमा रहेका तीन जनाले पार्टी परित्याग गरेका छन् ।
रसुवा जिल्लामा सक्रिय ढंगले विप्लव नेतृत्वको नेकपामा संलग्न रहेका किसान संयोजक, विद्यार्थी संयोजक र जिल्ला कमिटि सदस्यले पार्टी परित्याग गरेर राजनीतिको मुलप्रवाहमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्दै आम सर्वसाधारण जनता सहर जीवनयापन गर्ने बताएका छन् ।
पार्टी परित्याग गर्नेमा रसुवा जनसरकार प्रमुख झक्कबहादुर भुसाल (जेवी), किसान संयोजक इन्द्र पाैडेल, विद्यार्थी संयोजक नविन घिमिरे (साजन) र रसुवा जिल्ला कमिटि सदस्य रामशरण पाैडेल रहेका छन् ।
विप्लव नेतृत्वको नेकपा परित्याग गरेको भन्दै उनीहरुले सार्वजनिक रुपमा जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी समक्ष लिखित सहमति गरेपछि राजनीतिको मुलप्रवाहमा होमिने दावी गरेका छन् ।
उनीहरुले पार्टी परित्याग गर्दा कालिका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुष्पराज न्याैपाने, नागरिक समाज रसुवाका संयोजक बाबुलाल तामाङ र रसुवा महिला संजाल धुन्चे अध्यक्ष सुनिता गुरुङको रोहबरमा उनीहरु सार्वजनिक भएका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय रसुवामा उपस्थित भएर आफू साधारण नागरिक सरह जीवनयापन गर्ने भन्दै प्रतिबद्धता जाहेर गरेको प्रजिअ भण्डारीले जनाएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












