सर्लाहीमा फेरी प्रहरीको गोलीबाट एकजनाको मृत्यु, दर्जन घाइते !
काठमाडाैँ । खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ ।
प्रहरीकाे गाेली लागेर २७ वर्षीय केवल महताेकाे मृत्यु भएकाे बताइएकाे छ। स्थानीय श्रीनगर झर्ने बाटोमा गोली चलेको हाे।
शनिबार साँझ ईश्वरपुर नगरपालिकामा पोखरीमा बच्चा डुबेको विषयलाई लिएर सडक आन्दोलन गर्न पुगेका आन्दाेलनकारीमाथि ढुंगामुढा भएकाे र प्रहरीले हवाई फायर गरेको प्रहरीले बताएकाे छ।
करिब १५ राउन्ड जति हवाई फाएर भएकाे र १२ राउन्ड अश्रुग्यास प्रहार भएकाे थियो। घटनामा सशस्त्रका तीन जना प्रहरीसमेत घाइते भएका छन्।
सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमित बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो।
बालकको मृत्युपश्चात् जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा खोलामा अवैध उत्खनन गरेकोेले डुबेर बालकको ज्यान गएको स्थानीयले आराेप लगाएका छन्।
उक्त खाल्डाे गिट्टी बालुवा अवैध उत्खनन् गरी बनाइएकाे भएकाे भन्दै स्थानीय र बालकका आफन्त आक्राेशित भई सडकमा अवराेध गर्न पुगेका थिए।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











