कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो परिक्षाफल !
काठमाडाैं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नियमित, ग्रेडबृद्धि र आंशिकतर्फ सबै विषयको नतिजा आज सार्वजनिक गरेको छ ।
१२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो। यही साउन १३ गतेको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। यस वर्ष परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरी कुल ४ लाख २८ हजार ६७ जना विद्यार्थी सहभागी भएका थिए।
सोमबार सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ ९ जना र आंशिकतर्फ १२ जना गरी कुल ५४ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। त्यस्तै परीक्षामा आंशिकतर्फ २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका छन्।
नियमिततर्फका कुल २ लाख ९२ हजार १ सय ५३ जनाको जीपीए यस्तो छ–
जीपीए कुल
३.६१–४.०० ३,०६७
३.२१–३.६० १६,२०४
२.८१–३.२० ३१,०६२
२.४१–२.८० ५६,५०३
२.०१–२.४० ८६,२२७
१.६१–२.०० ६२,६१९
१.२१–१.६० १९,५८५
०.८१–१.२० ३,५२४
०–०.८० १३,३६२
नतिजा थाहा पाउन यस्तो गउर्न सकिन्छः
नेपाल टेलिकमको १६०० मा आफ्नो NEB टाइप गरेर एक स्पेस दिने त्यसपछि सिम्बोल नम्बर टाइप गरेर म्यासेज गरेर हेर्न सकिने छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












