जसले डुब्न थालेको बैंकलाई उच्च नाफाको बिन्दुमा पुर्याएरै छाडे !
काठमाडौं । सरकारी संस्था भन्न वित्तिकै मानिसहरुको दिमागमा डुब्न थालेको वा जर्जर अवस्थामा रहेको होला भन्ने बुझिन्छ ।
जताततै देखिन्छ पनि त्यस्तै । नेपाल एयरलायन्सदेखि अन्य संस्थाहरु डुब्न थालेको भन्दै सरकारबाट ऋणको आशा गरेर माग गरिरहेकै हुन्छन् । तर अपबाद जस्तै भन्नु पर्छ । राष्ट्रिय बाणिज्य बैंक नेपाल भने डुब्ने अवस्था पार गरेर नाफा कमाउनेमा अब्बल सावित भइसकेको छ ।
सरकारी संस्था भन्नासाथ बेथिती, अव्यवस्था, राजनीति र अन्त्यमा घाटा हुन्छ भन्ने आम बुझाइ छ। कतिपय त्यस्ता संस्था पनि छन्, जसले निजी क्षेत्रका संस्थालाई टक्कर त दिएकै छन्, आफूलाई अब्बल स्थापित पनि गरेका छन्।
यस्तै सरकारी संस्थामध्ये एक हो– राष्ट्रिय वाणिज्य बैंक। विगतमा उच्च घाटामा पुगेको यो बैंक अहिले मुलुकका सबै वाणिज्य बैंकभन्दा धेरै नाफा कमाउने बनेको छ। बैंकले गत आर्थिक वर्ष पाँच अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो।
उच्च घाटामा पुगेको बैंक कसरी पहिलो बन्न सफल भयो त ? सफलताको सारथि को हो ? उत्तर स्पष्ट छ– बैंकको नेतृत्व। यस बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा किरणकुमार श्रेष्ठ आएपछि यसले सफलता चुमेको हो। श्रेष्ठ नेतृत्वको टिमले वाणिज्य बैंकमा ‘यु टर्न’ ल्याइदिएको छ। साथमा अध्यक्ष महेन्द्रमान गुरुङ र कर्मचारीको सहयोग पनि उत्तिकै उल्लेखनीय छ।
विगतमा बैंकमा निक्षेप पर्याप्त थियो। कर्जा प्रवाहमा नेतृत्व गर्नेले खासै ध्यान दिएका थिएनन्। असलभन्दा खराब कर्जा बढी थियो। नेतृत्वमा आएपछि श्रेष्ठले लगानीमा ध्यान दिए। फलस्वरुप अहिले बैंकको सिसिडी रेसियो ८० प्रतिशत पुगेको छ। ‘विगतमा निक्षेप प्रयोग भएको थिएन,’ बिहीबार श्रेष्ठले भने, ‘निष्क्रिय रुपमा रहेको पुँजी परिचालन ग-यौं। र, त्यही कारण हो– अहिलेको सफलता।’
खुला प्रतिस्पर्धाबाट २०७२ चैत २९ गते नियुक्ति पाएका श्रेष्ठले बैंकलाई सफलताको सिँढी चढाउँदै ल्याए। श्रेष्ठ आउँदा ५८ प्रतिशतमा रहेको सिसिडी रेसियोलाई क्रमशः ६५, ७२ प्रतिशत हुँदै ८० पु-याएपछि नाफा ह्वात्तै बढेको छ। श्रेष्ठले डम्प रहेको लिक्विड फन्डलाई पनि परिचालन गरे। ‘आइडल अवस्थामा रहेका फन्डलाई उपयोग गरें,’ श्रेष्ठले भने। बजारमा कर्जाको माग बढे पनि डिपोजिट बढेको थिएन। धेरै बैंकमा डिपोजिट कम भएको अवस्थामा त्यो अवसरलाई वाणिज्यले सदुपयोग ग-यो।
बैंकले प्रविधि, वित्तीय अनुशासन, सुशासन र सर्भिस डेलिभरीलाई उच्च प्राथमिकतामा राखेको छ। बैंकको स्रोतलाई भरपुर परिचालन गरेका छन्, उनले। वित्तीय विश्लेषण गरी रणनीति बनाएर अघि बढेको उनले सुनाए। त्यसले उनलाई सफलता दिलाएको छ।
कले अत्याधुनिक प्रविधिलाई प्रयोगमा ल्याएको छ। नीति पनि परिवर्तन गरेका छन्। पुराना नीतिलाई अपग्रेड गरेर व्यवसायमैत्री बनाएका छन्। ‘प्रक्रियामुखी नीतिलाई परिवर्तन गरेका छौं,’ उनले भने, ‘छिटो–छरितो सेवालाई प्राथमिकता दिएका छौं।’
बैंकले सरकारको प्राथमिकताको क्षेत्रमा पनि लगानी गरेको छ। सहुलियत कर्जा, सामाजिक उत्तरदायित्वको काम पनि गरिरहेको छ। मझौलादेखि ठूला क्षेत्रमा लगानी गरेको छ। कृषि, ऊर्जा, पर्यटन, उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेको छ। ‘राष्ट्र बैंक र सरकारको नीति निर्देशन पनि फलो गरेका छौं,’ उनले भने। श्रेष्ठ बैंकको सफलताको श्रेय अध्यक्ष गुरुङ र कर्मचारीको टिमलाई दिन्छन्। ‘हाम्रो टिम स्पिरिट मिलेको छ,’ उनले भने, ‘त्यसले नै सफलता पाएका हौं।’
सरकारी संस्थाहरु खराब मात्र होइनन्, राम्रो परिणाम दिन्छन् भन्ने छवि बनाउन उनी लागिपरेका छन्। सरकारी संस्थाले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने आम बुझाइलाई श्रेष्ठ नेतृत्वको टिमले तोडेको छ। ‘सरकारी संस्था पनि प्रतिस्पर्धा गरेर अब्बल बन्न सक्छन् भनेर स्थापित गर्ने मेरो ध्येय हो,’ उनले भने, ‘त्यसको संकेत देखिएको छ।’
अरु संस्थानले वाणिज्य बैंकको कार्यशैली अनुशरण गर्न सक्छन्, सफल हुने हो भने। श्रेष्ठले सार्वजनिक संस्थालाई नमूनाको रुपमा विकास गरिरहेका छन्। नेपाल बैंकबाट अवकाश पाएर प्रतिस्पर्धाबाट वाणिज्य बैंकको नेतृत्वमा आएका उनले विगतको आफ्नो बैंकिङ करिअरको अुनभवलाई भरपूर प्रयोगमा ल्याएका छन्।
सरकारी संस्थामा सेवा प्रवाभकारी हुँदैन, कर्मचारी प्रक्रियामुखी हुन्छन्, निर्णय प्रक्रिया ढिलो हुन्छ भन्ने बुझाइ तोड्न प्रयासरत छन्। दिगो, क्लिन एन्ड स्मार्ट बैंकिङको अवधारणा पनि ल्याएका छन्। सरकारी स्वामित्वका संस्थाप्रतिको धारणा परिवर्तन गर्न लागिपरेका छन्। ‘सरकारी संस्थाहरुको कार्यसम्पादन कमजोर भएको आरोप छ,’ उनले भने, ‘हाम्रो संस्थामा क्लिन एन्ड स्मार्ट बैंकिङको अवधारणा कार्यान्वयन गर्दैछौं।’
विगतको भन्दा अहिले बैंकका कर्मचारीको उत्पादकत्व बढेको श्रेष्ठले जानकारी दिए। उनलाई समयले पनि साथ दियो। विगतमा पुराना कर्मचारी थिए। संयोग नै मान्नुपर्छ, नेतृत्वमा उनी आएपछि ठूलो संख्यामा पुरानो जनशक्तिले अवकाश पायो। नयाँ भर्ना भए। ‘हिजो कर्मचारीको औसत उमेर ४८ वर्ष थियो, अहिले ३६ वर्ष छ,’ उनले भने, ‘नयाँ कर्मचारीको कार्यक्षमता बढेको छ।’ संख्या पनि घटेको छ।
बैंकले आफ्नो नेटवर्क पनि बढाएको छ। श्रेष्ठ आउँदा ६७ जिल्लामा रहेका यस बैंकका शाखा अहिले ७७ जिल्लामा पुगेको छ। श्रेष्ठ आएपछि ६० वटा शाखा थपिएका छन्। ‘कर्मचारीको संख्या घटे पनि कारोबारको भोलुम बढ्दै गयो,’ उनले भने, ‘यसले नाफा वृद्धिमा टेवा पुग्यो। नन–फन्डेड बिजनेस बढायो।’
खराब अवस्थामा रहेको ऋण उठ्यो। अझै तीन अर्ब ६ करोड रुपैयाँ खराब ऋण रहेको श्रेष्ठले जानकारी दिए। ‘खराब ऋण उठाउन केन्द्रित छौं,’ उनले भने, ‘आगामी दिनमा चमत्कार गर्ने प्रयास गर्नेछौं।’
सरकारी संस्थानमा चरम राजनीतीकरण हुन्छ। एउटा पक्षले नियुक्त गरेपछि अर्को पक्षले असहयोग गर्ने प्रचलन छ। श्रेष्ठले त्यसमा सन्तुलन कायम गर्न सफल भए। प्रतिस्पर्धाबाटै छानिए पनि उनको नियुक्ति चाहिँ राजनीतिक नै हो। तैपनि श्रेष्ठले कर्मचारी र आन्तरिक व्यवस्थापनलाई सन्तुलनमा राख्न सके। ट्रेड युनियनसँग पनि सुमधुर सम्बन्ध कायम गरेका छन्। उनले व्यवहारबाटै प्रमाणित गरेका छन्।
सन्तुलन कामय गर्दा उनले सबैको साथ पाए। विचार र राजनीतिक आस्थाको आधारमा भेदभाव नगर्दा सहयोग पाएको उनको बुझाइ छ।
‘म नेतृत्वमा आएपछि कसैलाई भेदभाव गरिनँ,’ उनले भने, ‘यसले गर्दा सबैको साथ पाएँ।’ उनी राजनीति गर्न अरु नै फिल्ड भएको ठान्छन्। ‘हामी काममा आएपछि सोही अनुसारको जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘राम्रो काम गरेर देखाउने मेरो दायित्व हो।’
उनले उच्च नेतृत्वले सबैबाट पाएको साथ पनि सफलताको अर्को सूत्र हो। ‘तलदेखि माथिसम्म सबैबाट पूरापूर सहयोग पाएँ,’ श्रेष्ठले भने।
अधिकांश संस्थामा अरुलाई निर्देशन दिने, आफूले नीतिनियम पालना नगर्ने समस्या छ। तर, श्रेष्ठ अरुलाई काम अह्राउन भन्दा आफू नै अग्रसर हुन थाले। यसले कर्मचारीमा नैतिक दबाब प¥यो। उनी साढे आठ बजे नै अफिस आइपुग्छन्। बेलुका सात–आठ बजेसम्म काम गर्छन्। ‘म काममा विश्वास गर्छु,’ उनले भने, ‘डेडलाइन अनुसार चल्छु।’ सिइओ नै काममा खटिएपछि अरुले काम नगरेर धरै भएन।
श्रेष्ठ बिदाको दिनको पनि सदुपयोग गर्छन्। हरेक शुक्रबार राजधानीबाहिरका शाखामा पुग्छन्। आइतबार काठमाडौं फर्किन्छन्। त्यसले सबै क्षेत्रको निरीक्षण गरेर विश्लेषण गरी कार्ययोजना बनाउन सघाउ पुगेको छ। श्रेष्ठले लिडरहरु आफैं फिल्डमा खटिनुपर्छ भन्ने सन्देश दिएका छन्।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












