भक्तपुरमा अनुगमनका क्रममा कुहिएको मासु नष्ट
भक्तपुर । भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ ।
अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए । टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।
त्यस्तै जयकाली मिट शप पसलले नवीकरण नगरेको, मासु काट्ने औजार खिया लागेको, पसल फोहर भएका, एप्रोन प्रयोग नगरेको, कुहिएको र बिग्रिएको बासी मासु बिक्रीमा राखेको पाइएपछि कुहिएको चार किलो मासु जफत गरी नष्ट गरिएको छ । त्यसैगरी महाकाली मिट शप पसलले नवीकरण नगरेको, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै नराखेको, एप्रोन, हेयरनेट, माक्स र पञ्जा प्रयोग नगरेको, बधस्थलमा फोहर र दुगन्र्धित भएको पाइएको छ ।
यता लक्ष्मीदास शाहीको राँगोको मासु पसल दर्ता नगरेको, मासु कपडा भिजाएर छोपेको, सडक पेटी र बाटोमा टेबुल राखेर मासु बेचबिखन गरेको, भुइँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल नराखेको पाइएको छ । न्यू चिकेन स्टोरमा सरसफाइमा ध्यान नदिएको र एप्रोन सेतो प्र्रयोग नगरेको तथा पी.एस.मिट शप पसल नवीकरण नगरेको पाइएको छ ।
त्यस्तै क्वालिटी कोल्ड स्टोर मःमः को पाकेजिङमा उत्पादन मिति नभएको, मासुको किमा लगायतमा लेबल राखेर मात्र बेचबिखन गर्न निर्देशन दिइएको छ । न्यू महालक्ष्मी कोल्ड स्टोरमा पसलमा सामानहरु दाना, जेनेरेटरलगायत अन्य सामानहरु जथाभावी राखेर व्यवस्थापन नगरेको, कमलविनायक मिट शपमा दर्ता प्रमाणपत्र पसलमा नराखेको, सामानहरु जथाभावी राख्दै, फोहर र एप्रोन सेतो प्रयोग नगरेको पाइएको छ ।
त्यस्तै विकास मिट एप्रोन प्रयोग नगरेको, सुरेन्द्र मिट हाउसमा मासु सफा गर्ने पानी एकदम दूषित भएको, सराज मिट शप दर्ता नवीकरण नगरेको, मूलढोका ब्रोइलर हाउस दुई वर्षदेखि पसल नवीकरण नगरेको, मूल्यसूची नराखेको निरीक्षक प्रजापतिले बताए । अनुगमनमा समितिका सदस्यसचिव दिलीपकुमार सुवाल, भनपा स्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, पशु सेवा शाखाका लालमती लामा, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा र नगरपालिकाका कर उपशाखाका न्हुज किजूको सहभागिता थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












