कोरोनाका शंकास्पद बिरामी देखिए तत्काल खबर गर्न गृह मन्त्रालयको आग्रह
काठमाडाैँ । कोरोना भाइरसबाट प्रभावित वा शंकास्पद बिरामी देखिए तत्काल खबर गर्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ।
गृह मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरेर संकटको घडीमा सहयोग गर्न सबैसँग आग्रह गरेको हो।
कोरोना प्रभावित वा शंकास्पद व्यक्तिहरुलाई अस्पतालसम्म पुर्याउन सरकारले विशेष टोली तयार गरेको र त्यसले काम गरिरहेको मन्त्रालयले जनाएको छ।
गृहले कोरोना रोकथामका लागि प्रभावकारी उपाय अपनाउन र तत्काल समस्या सम्बोधन गर्न आपतकालीन सञ्चालन केन्द्र तयार गरेको छ।
केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि छन्।
विदेशबाट आउनेले क्वारेन्टिन बस्ने ठाउँ भन्नुपर्ने
अहिलेसम्म विदेशबाट आउने नेपाली नागरिक क्वारेन्टिनमा बसेका छैनन्। त्यसले संक्रमण फैलिने जोखिम बढेपछि गृह मन्त्रालयले अब नेपाल प्रवेश गर्ने नागरिकले कुन स्थानीय तहमा क्वारेन्टिन बस्ने हो, त्यो जानकारी दिनुपर्ने जनाएको छ।
त्यसको निगरानी प्रशासनले गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ। देश संकटमा परेका बेला कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याइरहेको पनि गृहले दाबी गरेको छ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...












