‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
गाउँघरको ठेट नेपाली शब्द र मौलिक लोकलयमा आधारित यस गीतमा माया–प्रेम, उकाली–ओराली, भञ्ज्याङ–चौतारी, घाँस–दाउरा, गोठालो तथा मेलापातजस्ता ग्रामीण जीवनका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ।
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो गीत ‘कुवाको पानी बाल्टिले तानी’ ले यतिबेला दर्शक तथा श्रोताको माया बटुलिरहेको छ।
नेपाल लोक स्टारका गायक बिनोद दनुवार र द भ्वाइस अफ नेपालमा सहभागी सिक्किमकी गायिका मोनिका राईको स्वर रहेको यस गीतमा लय तथा सङ्गीत गायक दनुवार स्वयंले भर्नुभएको छ। गीतको सङ्गीत संयोजन सुशील भट्टराईले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गर्नुभएको छ। अनामनगरस्थित अरुण उपत्यका रेकर्डिङ एन्ड प्रोडक्सनमा तयार पारिएको यस गीतलाई गायक बिनोद दनुवारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गाउँघरको ठेट नेपाली शब्द र मौलिक लोकलयमा आधारित यस गीतमा माया–प्रेम, उकाली–ओराली, भञ्ज्याङ–चौतारी, घाँस–दाउरा, गोठालो तथा मेलापातजस्ता ग्रामीण जीवनका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ। नेपाली गाउँघरको जनजीवन, प्रेमभाव र मौलिक संस्कृतिलाई गीतमार्फत प्रस्तुत गरिएकाले यसले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न सफल भएको देखिन्छ।
गीतकार सरोज खड्का ‘निर्दोष’, शेरु बराइली, निरज सुवेदी, रमेश विश्वकर्मा र सुब्बा विश्वकर्माको संयुक्त प्रायोजनमा तयार भएको यस गीतले नेपाली लोकसङ्गीतमा मौलिक सिर्जनाको महत्त्वलाई समेत उजागर गरेको छ।
ग्रामीण परिवेश, ठेट नेपाली शब्द र लोकलयको सम्मिश्रण रहेको ‘कुवाको पानी बाल्टिले तानी’ ले नेपाली लोकगीतप्रेमी दर्शक तथा श्रोतामाझ थप लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।
गीत हेर्न तथा सुन्न यहाँ क्लिक :
Comments
अरु समाचार
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...












