एउटै प्लेनमा सँगै यात्रा गरेका भियतनामी साथीमा कोरोना देखिएपछि उनी पुगेकी थिइन् टेकु
काठमाडौं । कोरोनाको प्रभाव फैलिन थालेपछि गत बिहीवारदेखि टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा नेपाल रेडक्रसले हेल्प डेस्क सुरु गर्यो। त्यसको एक दिनपछि अस्पतालले फ्लु क्लिनिक सुरु गर्यो।
फ्लु क्लिनक सुरु गरेकै दिन एक किशोरी त्यहाँ पुगिन्। र, आफूमा देखिएको ‘सिमटम’को ब्रिफ गरिन्।
उनको ट्राभल हिस्ट्री लिएसँगै रगतको स्याम्पल अस्पतालले लिइहाल्यो। अनि अस्पतालले सुझाव दियो – अस्पतालको आइसोलेसनमा बस्नुस्। तर, उनी मानिनन्। र, सोझै घरतिर लागिन्।
ती किशोरी त्यसै अस्पताल भने पुगेकी थिइनन्। उनीसँगै विमानमा यात्रा गरेकी उनकी साथी भियतनाम पुग्दा उनी काठमाडौं उत्रिएकी थिइन्। भियतनाम पुगेकी साथीमा उनीहरु छुट्टिएको चार दिनपछि कोभिड १९ को संक्रमण रहेको देखियो। त्यो खबर पाएपछिमात्रै उनी हतारिँदै टेकु पुगेकी थिइन्।
अस्पतालकै आइसोलेसन वार्डमा बस्न रिफर गरे पनि उनी भने सेल्फ क्वारेन्टाइनमा बस्ने भन्दै घर लागिन्। ती किशोरी उनै हुन् जसमा कोभिड १९ पोजेटिभ देखिएको छ। फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै उनी काठमाडौं उत्रिएकी थिइन्। उनका साथी चाहिँ त्यही ट्रान्जिटबाट छुट्टिएर भियतनाम लागेका थिए।
आज स्वास्थ्य मन्त्रालयले ती किशोरीमा कोभिड १९ पोजेटिभ देखिएको पुष्टि गरेको छ। तर, जतिखेर उनी टेकु अस्पतालमा पुगेकी थिइन्, त्यतिखेर उनमा संक्रमणको कुनै संकेत देखिएको थिएन।
‘उहाँमा कुनै सिमटम देखिएको थिएन। र, आफैँ होम क्वारेन्टाइनमा बस्न जानुभएको थियो,’ अस्पतालमा रहेको रेडक्रसको हेल्प डेस्कका परामर्शादाता भोजराज ओझाले भने।
उनका अनुसार हेल्प डेस्कमा विदेशी नागरिक र विदेशबाट फर्केकाहरु नै धेरै आउने गरेका छन्। कोरोना संक्रमण देखिएकी किशोरीजस्तै अहिलेसम्म ६० जनाले सेल्फ क्वारेन्टानइनमा बस्ने सहमतिपत्रमा हस्ताक्षर गरेर फर्केका छन्। ट्राभल हिस्टीका आधारमा मात्र अस्पतालले उनीहरुको रगतको स्याम्पल लिँदै आएको छ।
शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका डाक्टर विनोद पाण्डेका अनुसार सामान्य रुघाखोकी र ज्वरो आउँदैमा पनि धेरै जना अस्पताल पुग्ने गरेका छन्। आवश्यकता अनुसार इमर्जन्सीमा पनि उनीहरुको उपचार गरिने उनले बताए। ‘यहाँ आएका कसैमा कोभिड १९ को लक्षण देखिएमा नमुना संकलन गरी परीक्षणका लागि पठाइन्छ र आइसोलेसनमा राखेर उपचार गरिन्छ,’ उनले भने।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












