कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका १२५ यात्रुको पहिचान
काठमाडाैँ । गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएको छ।
अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा बाँकी रहेको छ। चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् ती युवती काठमाडौं उत्रिएकी थिइन्।
उनीसँगै आएका १२५ जना अन्य यात्रुको नाम र ठेगाना पहिचान भइसकेको जानकारी नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापाले दिएका छन्। ‘हामीले कोरोना भाइरस संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँगै आएका अन्य १२५ जना यात्रुको पहिचान गरिसकेका छौँ’, थापाले भने, ‘सबै यात्रुको नाम र ठेगाना पत्ता लागिसकेकाले उनीहरुसँग स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत सम्पर्क गर्दैछौँ।’ चैत ४ गते कतारबाट आएका कतार एयरवेजका तीनवटा जहाजमा ४६९ जना यात्रु सवार थिए।
किशोरी काठमाडौं आएका दिन कतारका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरेका थिए। थापाका अनुसार तीनै उडानका सबै यात्रुको विवरण उपलब्ध भइसकेको छ। त्यही आधारमा युवती सवार उडानका अन्य यात्रुको पहिचा गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका एक अधिकारीले ती यात्रुका राहदानीसहितका विवरणका प्रतिलिपि नेपाल प्रहरीलाई बुझाइसकेकाले अब उनीहरुको बसोबास रहेको स्थानसम्म पुग्न सहज हुने जानकारी दिए।
प्रवक्ता थापाका अनुसार पहिचान भएका ती यात्रुको घर ठेगानमा स्थानीय प्रहरी युनिटलाई ‘मुभ’ गराइसकिएको छ। ‘स्थानीय प्रहरी युनिटको टोली सम्बन्धित यात्रुको घरसम्म पुग्दैछन्’, उनले भने, ‘पहिचान भइसकेका यात्रुलाई तत्कालै क्वारेन्टाइनमा राख्दैछौँ।’ थापाले सुरुमा ती यात्रुलाई क्वारेन्टाइनमा राखेपछि बाँकी प्रक्रिया थालिने जानकारी दिए। ‘पहिले उहाँहरुलाई सेल्प क्वारेन्टाइनमा राख्दैछौँ।
क्वारेन्टाइनमा राखेको अवधिमा कुनै लक्षण या स्वास्थ्य समस्या देखिएमा चेकजाँचका लागि अस्पताल लान्छौँ’, थापाले भने, ‘स्वास्थ्य परीक्षणबाट कोरोना पुष्टि भएमा तत्कालै आइसोलेसनमा लगिने छ।’ फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजतलास थालेको थियो। खोजीका क्रममा बागलुङ, काभ्रेसहितका जिल्लामा केही यात्रु भेटिएका छन्।
Comments
अरु समाचार
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौँ, असार १२ गते । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे...
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
कक्षा १२ को नतिजाप्रति विद्यार्थी असन्तुष्ट, माइतीघरमा प्रदर्शन
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।...
-
भेनेजुएलामा ७.५ म्याग्निच्युड सम्मका दुई शक्तिशाली भूकम्प
काराकास, असार ११ गते । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
प्रधानमन्त्री पत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन्
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् ।...











