लकडाउनको तेस्रो दिन बिहानैदेखि सडकमा सुरक्षाकर्मी, थप कडाइ गरिँदै
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छन्।
काठमाडौं उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने तयारी सुरक्षाकर्मीले गरिरहेका छन्।
लकडाउनको पहिलो दिन ६८ जना पक्राउ परेका थिए भने दोस्रो दिन सय भन्दा धेरै पक्राउ परेका छन्। नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ। त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ।
दोस्रो दिन बुधबार केही ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो। नेपाल प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।
Comments
अरु समाचार
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौँ, असार १२ गते । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे...
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
कक्षा १२ को नतिजाप्रति विद्यार्थी असन्तुष्ट, माइतीघरमा प्रदर्शन
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।...
-
भेनेजुएलामा ७.५ म्याग्निच्युड सम्मका दुई शक्तिशाली भूकम्प
काराकास, असार ११ गते । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
प्रधानमन्त्री पत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन्
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् ।...











