‘स्वास्थ्य सामग्री खरिदमा एक पैसो अनियमितता भएको छैन, नैतिक जिम्मेवारी लिन्छु’
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएकाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन्।
मन्त्रालयमा सोमबार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको दाबी गरे। हिजो र आजको दर देखाएर अनियमिता गर्यो भन्ने कुरा जायज नभएको उनको भनाइ थियो। उनले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गरे।
‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’, उनले भने, ‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीकोतर्फबाट हामीले अनियमिता गरेका छैनौँ। त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्ने छु।’ उनले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताए।
‘औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ’ उनले भने, ‘यस्ता कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला। तर आन्दोलनमा जन्मिएको, हुर्किएकाले अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु।
यसको पनि सामना गर्न तयार छु।’ उनले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशनअनुसार नै औषधि ल्याइएको स्पष्ट गरे। ‘प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशनअनुसार बोलपत्र आह्वान गरिएको थियो। त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए’ उनले भने ,’ तर छलफलका क्रममा दुईमध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषषि ल्याउन सक्दिन भन्यो। बाँकी वैधानिकरुपमा आएको एकवटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो।
‘ मन्त्री ढकालले अर्को प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको बताए। थपिएको समय उच्च जोखिममा उनले थप गरिएको बन्दाबन्दी (लकडाउन) समय उच्च जोखिमको अवधि रहेको बताए। उनले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड-१९ भाइरस सीमित रह्यो भने नियन्त्रण गर्न सहज हुने धारणा राखे । ‘यो भाइरस १४ दिनमा लक्षण देखाउँछ। अहिलेको लकडाउनले १४ दिनको अवधि पूरा गर्दछौँ। सो अवधिमा हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ।
यो भाइरस झाँगिन नपाए जोखिमको खतराबाट ‘सेफ साइड’मा हामी फर्कने छौँ’, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य ढकालले भने, ‘तर विदेशबाट आएका संक्रमितसँग घुलमिल भएका दाजुभाइ दिदीबहिनीलाई यो सङ्क्रमण बढ्यो भने झन् ठूलो भयावह स्थिति आउन सक्छ।’ स्वास्थ्यमन्त्रीले विश्वमा नै रोकथाम गर्न नसकिरहेका अवस्थामा अहिल्यै रोकथाम गर्न सकिने भन्ने अवस्था नरहेको स्पष्ट गरे। उनले कोरोना अस्पतालमा निधन भएकाको पनि कोरानाको कारणले निधन भएर हल्ला फिँजाइएको छ भन्दै यस्तो खालको कुराले समाजमा आतंक र अविश्वास पैदा गर्ने बताए।
निजीलाई कडाइ उनले निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिश गर्ने गरेको आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिए। उनले ज्वरो बढी भएका बिरामीलाई राख्नका लागि चारपाँच आइसोसेलेशन बेड राख्न निजी अस्पताललाई भनिएको जानकारी पनि दिए।
‘ती अस्पतालले ज्वरो, रुघाखोकी लागेको सामान्य बिरामीलाई उपचार गर्दिनँ भन्न पाउँदैनन्। बढी ज्वरो आएको बिरामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अस्पतालमै राखेर उपचार गर्नुपर्दछ ‘, उनले भने, ‘ अस्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड-१९ को सङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अस्पतालमा पठाउन भनेको छौँ।’ स्वास्थ्यमन्त्रीले कोरोना भाइरसविरुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर लडे मात्र नेपाल र नेपालीले विजय प्राप्त गर्न सकिने विश्वास दिलाएका छन ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











