‘स्वास्थ्य सामग्री खरिदमा एक पैसो अनियमितता भएको छैन, नैतिक जिम्मेवारी लिन्छु’
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएकाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन्।
मन्त्रालयमा सोमबार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको दाबी गरे। हिजो र आजको दर देखाएर अनियमिता गर्यो भन्ने कुरा जायज नभएको उनको भनाइ थियो। उनले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गरे।
‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’, उनले भने, ‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीकोतर्फबाट हामीले अनियमिता गरेका छैनौँ। त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्ने छु।’ उनले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताए।
‘औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ’ उनले भने, ‘यस्ता कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला। तर आन्दोलनमा जन्मिएको, हुर्किएकाले अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु।
यसको पनि सामना गर्न तयार छु।’ उनले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशनअनुसार नै औषधि ल्याइएको स्पष्ट गरे। ‘प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशनअनुसार बोलपत्र आह्वान गरिएको थियो। त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए’ उनले भने ,’ तर छलफलका क्रममा दुईमध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषषि ल्याउन सक्दिन भन्यो। बाँकी वैधानिकरुपमा आएको एकवटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो।
‘ मन्त्री ढकालले अर्को प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको बताए। थपिएको समय उच्च जोखिममा उनले थप गरिएको बन्दाबन्दी (लकडाउन) समय उच्च जोखिमको अवधि रहेको बताए। उनले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड-१९ भाइरस सीमित रह्यो भने नियन्त्रण गर्न सहज हुने धारणा राखे । ‘यो भाइरस १४ दिनमा लक्षण देखाउँछ। अहिलेको लकडाउनले १४ दिनको अवधि पूरा गर्दछौँ। सो अवधिमा हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ।
यो भाइरस झाँगिन नपाए जोखिमको खतराबाट ‘सेफ साइड’मा हामी फर्कने छौँ’, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य ढकालले भने, ‘तर विदेशबाट आएका संक्रमितसँग घुलमिल भएका दाजुभाइ दिदीबहिनीलाई यो सङ्क्रमण बढ्यो भने झन् ठूलो भयावह स्थिति आउन सक्छ।’ स्वास्थ्यमन्त्रीले विश्वमा नै रोकथाम गर्न नसकिरहेका अवस्थामा अहिल्यै रोकथाम गर्न सकिने भन्ने अवस्था नरहेको स्पष्ट गरे। उनले कोरोना अस्पतालमा निधन भएकाको पनि कोरानाको कारणले निधन भएर हल्ला फिँजाइएको छ भन्दै यस्तो खालको कुराले समाजमा आतंक र अविश्वास पैदा गर्ने बताए।
निजीलाई कडाइ उनले निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिश गर्ने गरेको आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिए। उनले ज्वरो बढी भएका बिरामीलाई राख्नका लागि चारपाँच आइसोसेलेशन बेड राख्न निजी अस्पताललाई भनिएको जानकारी पनि दिए।
‘ती अस्पतालले ज्वरो, रुघाखोकी लागेको सामान्य बिरामीलाई उपचार गर्दिनँ भन्न पाउँदैनन्। बढी ज्वरो आएको बिरामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अस्पतालमै राखेर उपचार गर्नुपर्दछ ‘, उनले भने, ‘ अस्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड-१९ को सङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अस्पतालमा पठाउन भनेको छौँ।’ स्वास्थ्यमन्त्रीले कोरोना भाइरसविरुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर लडे मात्र नेपाल र नेपालीले विजय प्राप्त गर्न सकिने विश्वास दिलाएका छन ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












